महेन्द्रनगर । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह भएको सम्पन्न भएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह भएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम विश्वविद्यालयले जिवनमा उपयोग हुनेखालका बिभिन्न बिधाहरुको कार्यक्रम संचालनमा जोडदिनुपर्ने बताए ।
निकट भविश्यमा वन विज्ञान तथा हर्वल विज्ञान जस्ता कार्यक्रमह पनि संचालन गर्न बताए । प्राविधिक एवम व्यावसायिक मुलक गुणस्तरिय उच्च शिक्षा प्रदान गर्दै मुलुककै एक प्रतिष्ठीत विश्व विधालयकोरुपमा स्थापित हुने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । कञ्चनपुरमै सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएपछि उच्च शिक्षा प्राप्त गर्न राजधानी काठमाडौं एवं भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति अन्त्य भएको उनको भनाइ छ ।
विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाज सुधारका लागि सहयोगी हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । कार्यक्रममा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विज्ञान प्रविधिको उच्चतम विकासका लागि प्राथमिकता दिने बताए । ‘शिक्षालाई गरिबी हटाउने मूल अस्त्रका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्छौँ ।’
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले अब छिट्टै हर्बल शिक्षा सञ्चालन गर्ने बताए । आर्थिक अभावमा विश्वविद्यालयले गति लिन नसकेको बताउँदै उनले दरबन्दी मिलानलगायतका विषयमा जोड दिए । दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलगायत पनि सहभागी थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र अन्य आगिंक क्याम्पसहरूमा गरी १५ हजार बढी विद्यार्थी पढ्छन् । स्नातक र स्नातकोत्तर पास गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक र स्नातकोत्तर तहमा ८५५ विद्यार्थीले तह पास गरे पनि १७९ ले मात्रै दीक्षित हुनका लागि आवेदन दिएका थिए ।
Comments are closed.