ओसिस मन्टेस्वरीद्धारा पहिलो दिक्षान्त समारोह सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको ओसिस मन्टेस्वरीले आफनो पहिलो दिक्षान्त समारोह सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका १८ जानकी टोलमा रहेको मन्टेश्वरीले मंगलवार आफनै प्राङगणमा मन्टेश्वरीका संस्थापक अध्यक्ष जनदिप भट्टको अध्यक्षतामा जिल्ला समन्वय समितीका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी प्रमुख एन प्याब्सनका जिल्ला अध्यक्ष झंकर जोशी, जिल्ला सचिव बलदेव भट्ट,पत्रकार तथा अभिभावकहरुको सहभागितामा उक्त समारोह सम्पन्न गरिएको मन्टेश्वरीका प्रिन्सीपल सरस्वती चन्द भट्टले जानकारी दिईन् ।

अहिले बिधालयमा ९५ जना बिधार्थीहरु अध्ययनरत रहेपनि सिनियर केजीका १९ जना बिद्यार्थीहरुलाई दिक्षान्त गरिएको मन्टेश्वरीका फाउन्डर सबिना भट्टले बताईन् । अहीले पनि मन्टेश्वरी संचालनमा निकै चुनौती रहेको र अभिभावकहरुलाई मन्टेश्वरीको फाईदा बालबालिकामा हुने सकारात्मक परिवर्तन बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न,उनिहरुको व्यवहारमा परिवर्तन गर्न, सबै कुराहरुमा दक्ष बनाउन अहिले पनि चुनौती रहेको प्रिन्सीपल भटट ले बताईन् । मन्टेश्वरीमा अध्ययन गर्न आउने बालबालिकाहरुलाई खेलाईको माध्यमबाट बिभिन्न भिडियो मार्फत सिकाई गराउन, उनिहरुलाई शिक्षा प्रदान सँगै, व्यवहारीक कुराहरु सिकाउने साथै उनिहरुको भविश्यलाई सहि र सकारात्मक निर्देशन गर्न अहिलेबाट बलियो बनाउनमा मन्टेश्वरीको अहम भुमिका रहने फाउन्डर सदस्य संगिता रावलले बताईन् ।

बालबालिकाहरु भनेका काँचो माटो हुन उनिहरुलाई कस्तो बनाउने ? के बनाउने ? कलिलो उमेरका बालबालिकाहरु अहिले मन्टेश्वरीमा आउने भएकाले उनिहरुलाई उनिहरुको भविश्यमा जिवनउपयोगी बनाउने जग भनेको नै मन्टेश्वरी रहेको फाउन्डर सदस्य सबिना भट्टले बताईन । आफना बालबालिकाहरुको ओसिस मन्टेश्वरीले दिक्षान्त समारोह गरिदिएकोमा आफुलाई खुशी लागेको अभिभावक ओमप्रकाश ओझाले बताए । यस्तो प्रकारको कार्यक्रमहरुले बालबलिकाहरुमा हौसला मिल्ने, अझ पढाईमा निरन्तरता दिनु पर्दछ भन्ने मानसिकता बढेर जाने उनले बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती प्रमुख बोहराले मन्टेश्वरी भनेको सानासाना बालबालिकाहरुको घर नै भएको बताए ।

सबै शिक्षीकाहरु म्हिला नै हुने र उहाँहरुले आमाको माया दिएर बालबालिकाहरुको हेरबिचार गर्ने, शिक्षा प्रदान गर्ने, शिक्षित बनाउने कार्य गर्ने भएकाले मन्टेश्वरीमा बाललबालिकाहरुले अनौपचारीक शिक्षा लिएरु अब औपचारिकरुपमा किताबको ज्ञान लिन सक्षम बनाएर मन्टेश्वरीले बिदाई गरेको कार्य सफल भएको बताए । सबै बालबालिकाहरुलाई उनिहरुको उज्जवल भविश्यको कमना व्यक्त गर्नु भयो । असल नागरिक बनाउनका लागि असल बिधार्थीहरु उत्पादन गरेर मन्टेश्वरीले अब भविश्यमा आफनो अध्ययनलाई निरन्तरता गर्न अब आउने नयाँ टेक्नोलोजीमा आफुलाई सक्षम बनाउने यो कार्य सराहनिय रहेको बताए ।

भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीले महिला शिक्षीकाहरुले गरेको योगदानको उच्च कदर गर्नूपर्ने बताईन् । मन्टेश्वरी संचालनमा चुनौती रहेपनि उक्त चुनौतीलाई पार गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नमा अहम भुमिका निर्वाह गरेको प्रती उनले मन्टेश्वरीलाई धन्यवाद व्यक्त गरिन । उक्त कार्यक्रममा बिधार्थी बालबालिकाहरुले आफनो मनतव्य, कबिता, नृत्यहरु प्रस्तुत गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.