बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्यवस्था गर्ने माग

महेन्द्रनगर । बैतडी झौलेक जीप दुर्घटनामा ज्यान गुमाएका आफन्त क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका छन् । आवश्यक क्षतिपूती पाउन पर्ने माग राख्दै उनिहरु आन्दोलित भएका हुन् । आवश्यक क्षतिपूर्ती नमिले शव नबुझने आफन्तहरुको अडान छ ।

उनीहरु बुधबार बिहानै देखि जयपृथ्वी राजमार्गममा शव राखेर अन्दोलन गरिरेका छन् । खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्युवरण गर्ने सबै बझाङको केदारस्यूका हुन् । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान बचाएका थिए ।

जिप चालक २७ बर्षीय अर्जुन बोहरा भने अझै सम्पर्कमा आएका छैन्न । उनि राति देखिनै फरार छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.