महेन्द्रनगर । उच्च अदालत बार एसोशिएशन तथा जिल्ला अदालत बार एसोशिएसन कञ्चनपुरको संयुक्त आयोजनामा नव बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान– प्रदान कार्यक्रम गरेको छ । बुधवार भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जिल्ला वार एसोसिएसनका पूर्व अध्यक्ष देवराज पन्तले विगतमा भएका कमिकमजोरीलाई सुधार गरेर न्यायबाट बञ्चित भएकाहरुलाई न्यान दिन सक्ने र आचरण सुधार भएर अगाढी बढनु पर्ने शुभकामना व्यक्त गरे ।
नेपाल वार एसोसिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष भोजराज जोशीले न्यायका उपभोक्ताहरुलाई उचित न्याय सम्पादन गर्न र आचरण विचार सहि बनाएर आफनो कार्यमा लाग्न आग्रह गरे, न्याय दिँदा पनि सकारात्मक पक्षमा रहेर निश्पक्ष भएर रहन ु पर्ने बताए । आँउदो वर्षमा सोचेको विभिन्न वत्ताहरूले आफ्नो पेशामा ईमान्दारीका साथ सबैले काम गर्नु पर्ने र पेशालाई मर्यादित बनाउनेमा जोड दिनु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रमका उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष यज्ञराज जाशीको अध्यक्षतामा उच्च अदालत तथा जिल्लाका न्यायधिस र जिल्लामा रहेका अधिवत्ताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । अब आउने नयाँ बर्ष ले देशमा शुख शान्ति कायम रहोश साथै आफ्नो पेशागत मर्यादामा रहेर न्याय सम्पादन गरिनु पर्ने सहभागी अधिबक्ताहरुले बताएका थिए ।