महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार डीसहोमको फाइबर नेट बिस्तार गर्ने क्रममा करेन्ट लागेर सिन्धुलीको तीनपाटन गाउँपालिका( ४ का २४ वर्षिय सन्तोष पहाडीको मृत्यु भएको हो।
इन्टरनेट जडानको काम गर्ने उनी शुक्लाफाँटा नगरपालिका १० झलारीमा बस्दै आएका थिए। वडा नं ५ स्थित गर्जमनीमा इन्टरनेट जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीले बताए ।
उनका अनुसार करेन्ट लागेर घाइते भएका पहाडीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।
Comments are closed.