सबैखाले विभेदको अन्त्य भन्दै महाकाली– मेची साईकल यात्रा

महेन्द्रनगर । “सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय समानता र आत्म सम्मानका लागी महाकाली– मेची साईकल यात्रा” सुरु भएको छ । समता मिडिया सेन्टर र राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा दलित महिला ३ जना पत्रकारहरुले कञ्चनपुरको गड्डाचौकी बाट मंगलवार साईकल यात्रा सुरु गरेका छन् ।

ईन्दिरा बिश्वकर्मा, रीता बुढाथोकी र संगिता नेपालीले समाजमा अहिले पनि कायम रहेको जातिय विभेदको अन्त्य तथा समानता मुलक समाजको परिकल्पनाको सन्देश दिन साईकल यात्रा सुरु गरेको साईकल यात्री रीता बुढाथोकीले बताईन् । अहिले दलित समुदाय राज्यबाट पनि विभेदको शिकार हुनु परेको अवस्थामा सुदूरपश्चिमको भुगोललाई माथी उठाउने र मेचीमा पुगेर एउटा सन्देश दिने जस्मा राज्यले कसरी यो जातिय विभेदलाई हटाउने र दलित समुदायले मात्रै यो आवाज उठाएर नहुने र गैर समुदायले पनि मनन गर्नु पर्ने साईकल यात्री पत्रकार बुढाथोकीले बताईन् ।

राज्यलाई जगाएर सन्देश दिने गैर दलितलाई विभेद गर्नु हुदैन भन्ने मानसिकतामा विकास गराउनका लागि यो यात्रा रहेको हो । साथै सम्पुर्णले आआफनो क्षेत्रबाट आफनो समाजमा समुदायमा सकारात्मक सन्देश प्रवाह गरिदिनु भयो भनेपनि यो विभेदको अन्त्य हुने उनले बताईन् । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष एवम संबिधान सभा सदस्य विनोद पहाडीले यो साईकल यात्राले समुदायमा समाजमा मात्रै नभएर देशै भरमा भईरहेको विभेदलाई हटाउनमा महत््वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

छुवाछुत विरुद्ध संबिधान ऐन कानुनले निर्दिश्ट गरेका कुराहरुलाई प्रशारण गर्ने सभ ागर्ने पत्रकार सम्मेलन साहित्य सम्मिेलन गर्ने र यो यात्राले सामाजिक जागरण गर्नेमा आफु विस्वस्त रहेको बताए । जाति विभेदमा भएका कतिपय घटनाले अहिले सम्म न्याय नपाएको र मुलुकमा बिद्यमान जातिय छुवाछुत केवल दलितहरुको मात्रै समस्या नभएर राजनितीक, सामाजिक समस्या भएकाले यसलाई कानुनी रुपले राज्यले संकल्प गरिनु पर्ने,राजनितिक रुपमा पार्टीले संकल्प गर्नुपर्ने, धार्मिक संस्थाहरुले धार्मिक रुपमा संकल्प गरी यसको अन्त्य गरिनु पर्ने बताए ।

यस्तै कार्यक्रममा प्रमुख अतिथी एवम सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले यो महान उदेश्य लिएर सुरुवात गरिएको यो साईकल यात्राले आफनो लक्ष्यलाई पुरा गरेर सम्पन्न होस भन्दै शुभकामना व्यक्त गरे । साथै समाजमा अहिले पनि विभेद कायमै रहेको अवस्थामा विभेदको खाडललाई पुर्ने र न्याय र समानताका पक्षमा मेची महाकाली साईकल यात्राको नेतृत्व गरेकोमा आभार प्रकट गर्दै यो अभियानलाई सफल बनाउनु पर्ने बताए ।

संबिधानमा पनि उल्लेख गरिएका बुँदाहरुलाई पालना गरी सबैले सम्मानका साथ बाच्न पाउनु पर्ने साथै कानुनलाई कार्यान्वयन गर्न पालना गर्न पर्न आग्रह गरे । न्याय समानताको सवाल भनेको दलितको मात्रै नभएर सबै समुदायको भएको भएर सबैले यसलाई मनन गरी समानता मुलक समाजको निर्माण हुनु पर्ने बताए ।

सम्बन्धित

Comments are closed.