कञ्चनपुरको भाँसीमा आगलागी

महेन्द्रनगर । कञ्चनपुरमा आगलागी भएको छ । भिमदत्त नगरपालिका ३ भाँसीमा दिउँसो करिब १२ बजेतिर आगलागी भएको हो । आफनै केटाकेटीहरु खेल्ने बेलामा परालमा लागेको आगो बाख्रा गोठ हुँदै कोठा भित्र आगलागी भएपछि आफु थाहा पाएको पास धामीले बताए ।

‘दिउँसोको समयमा खाना खाएर सबै भित्रै थियौ गोठ नजिकको कोठामा कोही पनि नभएको बेलामा आगलागी भएको हो’ उनले भने, केटाकेटी खेल्दै थिए परालमा लागेको आगोले पुरै गोठ र पक्की कोठामा सबै नष्ट भयो । लगभग ३ देखी ४ लाखको नोक्शानी भएको उनले बताए ।

यो समयमा बढी आगलागीका घटना बढने भएकाले आफनो घरमा रहेका आगलागी हुने सामान सलाई लाईटरहरु केटाकेटीले नभेटने ठाँउमा राख्न पनि उनले आग्रह गरेका छन् ।

गोठ कोठामा रहेका खाट, दराज सामानहरु सबै जलेर नष्ट भएका छन् । आगलागी भएपछि तुरुन्तै प्रहरीलाई खबर गरेको र स्थानिय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ ।

सम्बन्धित

Comments are closed.