महेन्द्रनगर । कञ्चनपुरमा बुधवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजिन र पिसिआर परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । एन्टिजिन परिक्षणबाट ९ जना र पिसिआर परिक्षणबाट १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
१ सय ३० जनामा गरिएको एन्टिजिन परिक्षणमा ९ जना र १ जनामा पीसिआर परिक्षण गर्दा १ जनामा पुष्टि भएको उनले बताए । कञ्चनपुरमा अहिले सम्म ११ हजार ८ सय ५० जनामा कोरोना पुष्टि भएको छ भने ११ हजार ६ सय २८ जना निको भएका छन् । जिल्लामा २ सय १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।