कञ्चनपुरमा नीती तथा कार्यक्रम ल्याउनेमा बेदकोट नगरपालिका पहिलो

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले समयमै नीती तथा कार्यक्रम तयार पार्नेमा जिल्लामा पहिलो पालिका बनेको छ । स्थानिय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ बमोजिम नीति तथा कार्यक्रम तयार गरि सभा समक्ष पेश गर्न तोकिएको समय सिमा बैशाख ७ सम्म मा निती तथा कार्यक्रम सार्बजनिक गरेकोमा बेदकोट नगर सभाले बिहिवार एक कार्यक्रम गर्दै सभामा नीती तथा कार्यक्रम पेश गरेको छ ।

कञ्चनपुरका अन्य पालिकाले भने योजना तर्जुमा दिग्दर्शन २०७८ मा गरिएको नीतीगत व्यवस्था अनुसार नीती तथा कार्यक्रम बनाउन सकेका छैनन् । नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले आफनो पालिकाको टिम कर्मचारी सम्पुर्णको अथक मिहिनेत प्रयासले समयमै आज नगरसभामा नीती तथा कार्यक्रम पेश गरेकोे जानकारी दिए । कञ्चनपुरमा रहेका नौ वटा पालिका मध्ये शुक्लाफाँटा नगरपालिकाले पनि नीती तथा कार्यक्रम तयार पारेको भएपनि बैशाख ७ भित्र नगरसभा पेश गर्न सकेको छैन् ।

नगरपालिकाका नगर प्रमुख रण वहादुर महराले नीती तथा कार्यक्रममा छलफल भइरहेको बताए । उनले यसमा थप छलफल गर्नुपर्ने भएकाले बैशाख १२ गतेको नगरसभामा पशे गर्ने बताए । कञ्चनपुरमा निधार्नरित मितिमा नीती तथा कार्यक्रम बेदकोट नगरपालिकाले मात्रै नगरसभामा पेश गरेको छ । योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार विषयगत शाखाहरुले विषय क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरी मंसिर मसान्त भित्र स्थितिपत्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.