महेन्द्रनगर । सिफ्ट ईन्स्टीच्युट ट्रेनिङ सेन्टरले आफना २२ जना सामाजिक अगुवालाई दिक्षित गरेको छ । समाजमा रहेका सामाजिक अभियन्ता वुद्धिजिवी युवा, महिला, वयस्क तथा प्रौढहरुलाई शुक्रवार एक भव्य समारोहका बिच दिक्षित गरेको हो । सुदूरपश्चिमको कञ्चनपुर, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुला गरी ६ वटा जिल्लामा रहेका आफना अगुवाहरुलाई विगत २ वर्षमा ४५ दिने (लिडरसिप तालिम) अगुवापन विकास नेतृत्व सिप तालिम प्रदान गरी आज २२ जना सफल अगुवाहरुलाई एक कार्यक्रमको आयोजना गरिु भन्य रुपमा दिक्षित गरिउको संस्थाका सुदूरपश्चिम प्रमुख एवम संचारकर्मी विसु गुरुङले जानकारी दिएका छन् ।
उक्त ४५ दिनमा सहभागी दिक्षित हुनु भएका हरुलाई नेतृत्व विकास कसरी गर्न सकिन्छ, आफनो आचरणमा सुधार, प्रचारप्रसार गर्ने शैली तरिका, अनुशासन, मानवबेचविखन विरुद्धका अभियान संचालन, सामाजिक कुरुती कुसंस्कारका विरुद्ध जनचेतना मुलक जानकारी प्रदान गरीएको बताए ।
उनिहरुले पछि समुदायमा गएर आफुले सिकेका कुरा ज्ञान सिपलाई सहि ठाँउमा प्रयोग गरि असल नेतृत्व सिप कसरी गर्न सकिन्छ भन्ने कुरामा तालिमको लक्ष्यलाई प्राप्त गर्न सकुन भनेर दिक्षित गरीएको उनले बताए । अब सिकेका कुराहरुलाई समुदायमा विकास गर्ने छलफल गर्ने निस्वर्थ रुपमा समुदायमा पहलकदमी गर्नुपर्ने अरुलाई दोषारेपण गर्नुपूर्व आफनो आचरणलाई हेर्नुपर्ने र आफु सही छु वा छैन चनेर आत्म मुल्याङकन गर्न सक्नुनै लिडरसिप रहेको बताए ।
‘यो तालिममा पनि कतिपय सहभागीहरु सुरुवाती चरणमा बोल्नलाई पनि डराउने, अगाढी आएर परिचय भन्न पनि गाह्रो मान्ने हुनुहुन्थ्यो तर तालिम पश्चात उहाँहरुमा एकाएक परिवर्तन आएको छ’ उनले भने, ‘अहिले उहाँहरु सबै लिडर अगुवा भएर समुदायमा गएर आफै तालिम दिने सक्षम हुनु भएको छ’ ।
यस्तै, कञ्चनपुर ईसाई समाज कञ्चनपुरका अध्यक्ष सन्तोष सुनामले सामाजिक जिवनमा सुसज्जित हुनका लागि र समाजका बिशिष्ट व्यक्तीहरुलाई समुदायमा भएको कुरुती कुसंस्कार खराब आनीबानी, व्यवहारलाई हटाउनेमा उहाँहरुको प्रमुख भुमिका रहने बताए । साथै उहाँहरुले आफनो लगायत समुदायमा रहनु भएका सबैको आद्यात्मीक जिवन सामाजिक जिवनलाई सकारात्मक तवरले परिवर्तन गर्न सक्ने क्षमता बोकेर समुदायमा सकारात्मक परिवर्तनको संवाहक बनाएर आज दिक्षित गरिएको बताए ।
अहिले पनि समाजमा बिभिन्न किसिमका समस्या रहेको बिभिन्न किसिमका कुलत नराम्रो आनीबानीले ग्रस्त भएको समुदायमा आज दिक्षित भएकाहरुले समुदायमा सकारात्मक तवरले सुचना प्रवाह गर्ने आफनो ज्ञानको सहि सदुपयोग गर्नेमा आफु विश्वस्त रहेको बताए ।
Comments are closed.