महेन्द्रनगर । वेदकोट नगरपालिकामा महिलाहरुलाई डोको र नाङलो बनाउन सिकाउने तालिम सम्पन्न भएको छ । मंगलवारदेखी सुरु भएको उक्त तालिममा वेदकोट नगरपालिका को १० वटै वडाबाट ५ जना महिलाहरु गरी ५० जना महिलाहरुको सहभागिता रहेको थियो । वेदकोट नगरपालिकाको वडा नम्वर ७ मा रहेको बैजनाथ महिला बहुउदेस्य सहकारी संस्थाको आयोजनामा र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिम ५ दिन सम्म संचालन भएको हो ।
महिलाहरुका लागि आत्मनिर्भर आयआर्जन गर्नका लागि तालिमको आयोजना गरिएको सहरकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिईन् । महिलाहरुले आफनो घरमा बसेर सिकेको सिपलाई व्यवहारमा लागु गरी आयआर्जनमा वृद्धि गराउने उदेस्यले तालिमको आयोजना गरिएको अध्यक्ष सिंहले बताईन् । प्रशिक्षकमा रहेका वेदकोट नगरपालिका ४ का धनिराम ओडले आफुले बढी समय प्रदान गरेर सहभागीहरुलाई डोको नाङलो छाप्रो पनि बनाउने सिप प्रदान गरेको बताए । सबै महिला तथा पुरुष सहभागीहरुले मेहनेत तथा समय दिएर आफुले पनि सिप सिकेकको उनले बताए ।
तालिममा सिप सिकेर महिलाहरुले उत्पादन गरेका सबै सामग्रीहरुलाई सहकारी आफैले खरिद गरेर उनिहरुलाई बजारीकरण गर्नमा पनि सहयोग गर्ने भएको छ । तालिमका सहभागी वेदकोट नगरपालिका ७ का नन्दा सावदले यो तालिममा सहभागी हुन पाउँदा खुशी लागेको बताईन् । यो तालिमबाट आफुले अब डोको, छाप्रो लगायतको सामग्रीहरु बनाउन सक्ने क्षमता र सिप सिकेको उनले बताईन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम नगर उपप्रमुख तुलसी जोशीले महिलाहरुलाई यो ५ दिने तालिमले धेरै ज्ञान तथा सिप सिकेको कुरा बनाएका डोको नाङलो छाप्रो देखाएको बताईन् । तालिमबाट सिकेका ज्ञान सिपहरुलाई आफनो व्यवहारमा पनि प्रयोग गरी आयआर्जन गर्न पनि आग्रह गरिन् । तालिमले दिन खोजेको ज्ञान सिपहरुले नै महिलाहरुलाई सक्षम, आत्मनिर्भर,आर्थिकरुपमा सम्पन्न बनाउने भएकाले सबैले तालिममा सक्रिय भुमिका खेलेकोमा धन्यवाद व्यक्त गरिन् ।
अहिले बजारमा पाईने प्लाष्टिकका सामानहरुलाई यि बनाईएका सामानहरुले विस्थापित गर्न सक्नुपर्ने बतार्यन् । अहिले पनि परम्परागत भाडाकुडाहरु सामानहरु अहिले लोप हुने अवस्थामा रहेको छ । यो तालिमले सिप मात्रै सिकाएन हाम्रा परम्परागत सिपको पनि जेगर्ना तथा भाँडाकुडाको पनि जेगर्ना गर्न सिकाएको उनले बताईन् । आफुले सिकेका सिपहरुलाई अन्यलाई पनि हस्तान्तरण गरिनु पर्ने बताईन् ।
Comments are closed.