तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका पुरूषको शव फेला

महेन्द्रनगर । दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। शनिबार दिउँसो व्याँस गाउँपालिका(२ का दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए।

साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुालका डिएसपी जगत गाहामगरले जानकारी दिए।

उनका अनुसार अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोली र स्थानीयहरूको सहकार्यमा घटना स्थलबाट ५०० मिटर टाढा भण्डारीको शव फेला परेको प्रहरीले जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित

Comments are closed.