महेन्द्रनगर । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका १८ मा चिशो सर्वत पानी निशुल्क रुपमा वितरण गरेको छ । आईतवार अक्ष तितृयाको अवसरमा र भीमदत्त नगरपालिका १८ ले भवन राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरलाई एक हल कोठा सहयोग स्वरुप प्रयोग गर्न दिईएको अवसरमा चिशो सर्वत पानी वितरण गरिएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल भीमदत्त नगरपालिका १८ का अध्यक्ष चन्द्रप्रशाद चापागाईले बताए ।
जेष्ठ नागरिकहरुलाई वडा नम्वर १८ को कार्यालय नजिक रहेको हल भवनको उदघाटनको अवसरमा र अक्षय तृतिया भएकाले सर्वत पानी निशुल्क वितरण गरिएको उनले बताए । यो गर्मीको समयमा पानीको प्यास लागेका सबैलाई निशुल्क रुपमा सर्वत पानी र जौको सातु पनि बितरण गरिएको उनले बताए ।
साथै वडाले दिएको भवनमा जेष्ठ नागरिकहरुले आएर भजन गाउने बस्ने नाच्ने खुशी हुने ठाँउ प्रदान गरेको वडा नम्वर १८ लाई धन्यवाद व्यक्त गरे , आजको दिनमा दान गर्नाले कहिले पनि नष्ट नहुने, खुसी मिल्ने अक्षय फल प्राप्ती हुने जनविस्वास रहेको हुँदा आजको यो कार्यक्रम गरिएको अर्का जेष्ठ नागरिक खेमराज रेग्मीले बताए ।
Comments are closed.