बाघको आक्रमणबाट मृत्यु भएकी चन्दको परिवारलाई क्रिया खर्च हस्तान्तरण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ बस्ने ४२ वर्षिय गङगा चन्दको शुक्रबार बिहान घास काट्ने क्रममा बाघको आक्रमणमा परि मृत्यु भएको थियोे । मृत्युकका परिवारलाई राष्ट्रिय प्राकृतिक सरक्षण कोष (एनटिएनसि ) ले क्रिया खर्च बापतको रकम पचास हजार रुपैयाँ मृतकका पति डम्बर चन्दलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय प्राकृतिक सरक्षण कोष (एनटिएनसि ) मझगाउका कार्यालय प्रमुख लक्ष्मीराज जोशी ,डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रसाद तिवारी, कुण्डा सब डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव, शुक्लाफाटा राष्ट्रिय निकुञ्जका मेजर नवीन सिंह बोहरा,बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बिसराम राना लगायत उपस्थितिमा मृतकको घरमा पुगि उक्त रकम हस्तान्तरण गरिएको हो ।

डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख तिवारीका अनुसार मृतक परिवारलाई नेपाल सरकारले उपलब्ध गराउने क्षेतिपुर्ती बराबरको दश लाख रुपैयाँ आवश्यक कागजातहरु प्रक्रिया पूरा गरे पश्चात् अबिलम्ब प्रदान गराइने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.