महेन्द्रनगर । वेदकोट नगरपालिकामा महिलाहरू का लागि आत्मनिर्भर आय आर्जन हुने ५ दिने दुना टपरि तालिम संचालनमा आएको छ । वैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र वेदकोट नगरपालिकाको सहयोगमा संचालनमा आएको ५ दिने तालिम सोमवारदेखी संचालनमा आएको हो ।
वेदकोट नगरपालिकाको १० वडामा रहेका दलित, आदिवाशी जनजाती, एकल महिला लगायतका ५० जना महिलाहरुलाई आत्मनिर्भर र आयआर्जन गर्न सकुन भनेर उक्त तालिमको आयोजना गरिएको सहकारीका कोषाध्यक्ष सरस्वती चपाँईले जानकारी दिएकी छन् । यो सिप सिकेर बजारमा पनि पुजापाठ हाम्रा रितिसंस्कृतीमा पनि दुना टपरीको आवस्यक्ता पर्ने भएकाले सहभागीहरुले व्यवसायिक रुपमा उत्पादन गरेका सामग्रीको व्यवस्थापन तथा बजारीकरण सहकारी स्वयमले गर्ने र उनिहरुलाई आर्थिक रुपमा सबल बनाउने सहकारीको लक्ष्य रहेको उनले बताईन् ।
अहिले बजारमा दुना टपरीको माग पनि बढेकाले आफुलाई यो तालिम सिक्ने ईच्छा हुँदा हुँदै पनि अवसर नपाएको अवस्थामा पालिका र सहकारीले दिएको यो अवसरलाई पूर्णरुपमा प्रयोगमा ल्याई यो ५ दिन सम्म मिहिनेतका साथ सिप सिकेर सिकेको सिप अनुसार उत्पादन पनि गर्ने सहभागीहरुले बताएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि एवम वेदकोट नगरपालिकाका कार्यबाहक नगर प्रमुख तुलसी जोशीले यो तािलम दिनुको मुख्य लक्ष्य भनेको महिलाहरुलाई आर्थीक रुपमा ससश्क्त बनाई उनिहरुलाई सामाजिक तथा अन्य क्षेत्रमा पनि बलियो बनाउनका लागि यो तालिमको आयोजना गरिएको बताइन् ।
आफनो अन्य घरायसी काम सकेर घरमै बसेर पनि यो दुना टपरी बनाउन सकिने र आर्थिक उपार्जन पनि गर्न सकिने भएकाले सहजरुपमा कम लागतमा पनि यो व्यवसायी गरी बढी उत्पादन गर्न मिल्ने भएकाले यो तालिम प्रदान गरिएको कार्यवाहक नगर प्रमुख जोशीले बताईन् । यो सिपलाई सिकेर आफनो व्यवहारमा पनि लागु गरी साथै सिपलाई हस्तान्तरण पनि गर्न उनले आग्रह गरिन् । अहिले बजारमा पनि प्लाष्टिकका समानहरुलाई बिश्थापित गर्न र यो हाम्रो परम्परागत सामग्री तथा सिपलाई जेगर्ना पनि गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको र यो तालिमबाट बढी भन्दा बढी लाभ लिन पनि आग्रह गरिन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम माननिय प्रदेश सांसद बहादुर थापाले व्यवहारिक सिप तथा माग अनुसार महिलाहरुको लागी अन्य सिप मुलक तालिम तथा समाग्रीहरु प्रदान गर्नको लागि आफुले पहला गर्ने बताए । साथै यो तालिमबाट सिप सिकेर आफनो व्यवहारमा लागु गरी तालिमको पनि औचित्य राखी आर्थिकरुपमा कसरी ससश्क्त बन्न सकिन्छ उक्त कुरामा ध्यान दिन पनि आग्रह गरे ।
यस क्षेत्रका महिलाहरुको सिप विकासमा तालिम प्रदान गरी उनिहरुको क्षमता विकासमा, र आवस्यक पर्ने अन्य सामग्री साथै हरेक क्षेत्रको विकासका लागि आफुले सदैव पहल गर्ने, हातेमालो गरी तपाँईहरुको सल्लाह सुझाव अनुरुप अगाढी बढने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको सभापतीत्व वडा न. ७ का वडा सदस्य शुभास मल्लले गरेका थिए भने, कार्यक्रमको संचालक सहकारीका अध्यक्ष मञ्जु सिंहले गरेकी थिईन । साथै प्रशिक्षकको रुपमा तुलसी अधिकारी रहेकी छन् भने, सहजीकरणमा कार्यपालिका सदस्य कृष्णराम भुल रहेका छन् ।