वेदकोटको दैजी बजारमा म्याद गुज्रेका औषधी फेला

महेन्द्रनगर । वेदकोट नगरपालिकाले मेडिकल तथा औषधी पसल स्वास्थ्य क्लिनिकहरुमा अनुगमन गरेको छ । वेदकोट नगरपालिका ३ मा रहेको दैजी बजारमा रहेका स्वास्थ्य क्लिनिक, औषधी पसल, मेडिकलहरुमा अनुगमन गरी म्याद गुज्रिएका औषधी फेला पारी नष्ट गरिएको हो ।

साथै पसलहरु नविकरण नगरिएका, म्याद गुज्रीएका औषधी बिक्री वितरण गरेको पाईएको वेदकोट नगरपालिका अनुगमन टोलीका संयोजक पदम ठकुराठीले बताए । स्वास्थ्य जस्तो संवेदशिल कुरामा पनि यस्तो लापरवाही गरिनु ठिक नभएको उनले बताए । पहिलो पटक यस्तो फेला परेकोमा अव उपरान्त यस्तो कार्य नगर्न नगराउनु भन्दै चेतावनी दिएको उनले बताए ।

अहिले वेदकोट नगरपालिकाले अनुगमनलाई तिव्रता दिएको अवस्थामा व्यापारीहरुले गैर जिम्मेवारीपुर्ण कार्य तथा कालोबजारी नगर्न पनि अनुरोध गरिएको छ । उक्त अनुगमन टोलीमा सुरक्षा निकाय, स्वास्थ्य शाखा का कर्मचारी, सुचना शाखाका प्रमुख नागरिक उपभोक्ता समितिका पदाधिकारी, पत्रकार लगायतको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.