महेन्द्रनगर । सुदूरपश्चिममा कञ्चनपुर औलो (मलेरिया ) को उच्च जोखिममा रहेको पाईएको छ । कञ्चनपुर र कैलालीमा औलोको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । मंगलवार विश्व औलो दिवसको अवसरमा भीमदत्त नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा कञ्चनपुर र कैलाली उच्च जोखिममा रहेको जानकारी दिईएको हो ।
शुन्य औलो अबको थालनी नविनतम कार्य,कार्यन्वयनमा लगानी’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले औलो (मलेरीया ) रोग एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाई बाट हुने एक प्रकारको सरुवा रोग भएको बताए । उनले दिएको जानकारी अनुसार सुदुरपश्चिम प्रदेशमा चालु आर्थीक वर्षमा कैलाली र कञ्चनपुरमा औलो बिरामीहरुको सख्या बढि देखीएको छ ।
कैलालीमा ४३, कञ्चनपुरमा २१, डोटिमा ३, डडेल्धुरामा २, बैतडीमा ३, बझाङमा २, दार्चुलामा १, बाजुरामा ८, अछाममा ११ जना गरी जम्मा ९४ नब्बे जनामा औलो रोग सक्रमण देखीएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख पन्तले बताए । त्यस्तै कञ्चनपुर जिल्लाका ९ वटै स्थानिय तहमा आर्थीक वर्ष २०७९÷८० मा भीमदत्त नगरपालिकामा ५, बेदकोट नगरपालिकामा ६, महाकाली नगरपालिकामा २, शुक्लाफाटा नगरपालिकामा १, कृष्णपुर नगरपालिकामा ४, बेलडाडि गाउपालिकामा १, लालझाडी र पुर्नवास नगरपालिकामा भने यो बर्ष औलो सक्रमितको सख्या शुन्य रहेको उनले जानकारी दिए ।
युरोपियन देशहरुमा तथा भारमा वर्षेनि ६० लाख भन्दा बढि मानिसमा औलो रोगको सक्रमण हुने गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दया कुष्ण पन्तले बताए । नेपाल सरकारले सन २०२५ मा शुन्य औलो रोगको अवधारणा अनुरुप अहिले सबैले मिलेर यसको उन्मुलन गर्न लाग्नु पर्ने बताए ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा वर्षेनि २० करोड मानिस औलो रोग सक्रमित हुने गरेको र ६ लाख भन्दा बढि मानिसहरुको मृत्यु हुने गरेकोे छ ।गर्भवति महिला र बालबालिकाहरुमा यो रोगले छिटो आक्रमण गर्ने भएकाले औलो रोगबाट बच्न समयमै ध्यान पुर्याउन जरुरी देखिन्छ ।
Comments are closed.