महेन्द्रनगर । गर्मीयाम बढेसंगै कञ्चनपुरका चुरे क्षेत्रमा आगलागीका घटनामा वृद्धी भएको पाईएको छ । बुधवार पनि वेदकोट नगरपालिका ६ मा रहेको गणेश सामुदायिक बनको संरक्षित चुरे डाँडा (निकाश– देखि बडापानी) सम्मको ठूलो बन क्षेत्रमा आगलागी भएको छ ।
उक्त क्षेत्रमा भएको आगलागीलाई ४ घण्टापछि नेपाली सेना, प्रहरी,चुरे संजाल र गणेश सामुदायिक वनका पदाधिकारी उपभोक्ताहरुको संयुक्त प्रयासले नियन्त्रणमा आएको छ । उक्त आगलागीलाई नियन्त्रणमा ल्याउनका लागि श्रि दल गुल्मका उपसेनानी प्रमोद थापाको नेतृत्वमा नेपाली सेना, सिसैया प्रहरी चौकीबाट गएको प्रहरीको टोली, स्थानिय, वनका पदाधिकारी लगायतले पानी, हरियो स्याउला, माटो प्रयोग गरी आगोलाई नियन्त्रणमा लिएको सामुदायिक वनका अध्यक्ष किसनसिंह भण्डारीले बताएका छन् ।
जंगलमा आगलागस् भएपछि त्यहाँ रहेका जनावरहरुलाई पनि समस्या हुने र उनिहरुको बास पनि नष्ट हुने अध्यक्ष भण्डारीले बताए । यो बेलामा सबैले सचेत भएर जंगलमा काम गर्नुपर्ने बताए ।