कञ्चनपुरमा बुधवार १२ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा बुधवार १२ जनामा कोरोना पुष्टि भएको छ । गड्डाचौकीमा १ सय ४९ वटा एन्टिजिन परिक्षण गरिएकोमा ३ जना र बेलौरीमा गरिएको १६ जनामा ९ जनामा कोरोना पुष्टि गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २६ जना रहेको छ ।

कोरोनाबाट जिल्लामा मृत्यु हुनेको संख्या २ सय १३ रहेको छ । जिल्लामा अहिले सम्म कोरोना पोजेटिभको संख्या ११ हजार ८ सय ८३ रहेको छ भने, निको हुनेको संख्या ११ हजार ६ ४९ रहेको छ । कञ्चनपुरमा अहिले सम्म ४ लाख ४५ हजार जनाले पहिलो मात्रा खोप लगाएका छन् भने, ३ लाख ६४ हजारले दोस्रो मात्रा लगाएका छन् यसैगरी तेस्रो मात्रा खोप लगाउनेको संख्या २ लाख १६ हजर ६ सय जनाले खोपको मात्रा लगाएका छन् ।

कञ्चनपुरमा कोरोना भाइरसको समस्या देखिए यता हालसम्म ७ हजार भन्दा बढीलाई कोरोना पोजेटिभ रहेका छन् भने, २ सय १३ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । साथै सुदूरपश्चिममा छ लाख ४२ हजार नौँ सय ८५ को नमुना परीक्षण भइसकेको छ । नेपालमा अहिले सम्म १० लाख भन्दा बढी पोजेटिभ १२ हजार भन्दा बढीको मृत्यु, भईसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.