संस्कृती प्रबद्धन कार्यक्रम खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा संस्कृती प्रबद्धन कार्यक्रम खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सम्पन्न भएको छ । २ दिने कार्यशालामा समाज रुपान्तरणको पाठशाला, संस्कृती सम्पदालाई आयआर्जन सँग जोडन संस्कृती प्रबद्धन कार्यक्रम खोज तथा अनुसन्धान सहजीकरणमा कार्याशाला सम्पन्न भएको हो ।

माक्र्सवाद ज्ञान केन्द्र केन्द्रिय समिती काठमाण्डौको आयोजनामा र माक्र्सवाद ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेशको व्यवस्थापकमा सुरु भएको कार्यशाला गोष्ठीमा हाम्र कला संस्कृती, मुल्य मान्यता, रहनसहनलाई कसरी आयआर्जन सँग जोडन सकिन्छ त भनेर यो २ दिने कार्यशालाको आयोजना गरिएको थियो । सहभागीहरुले अहीले पनि हाम्रा समाजमा बिभिन्न रहनसहन, चालचलन, संस्कृती आदी रहेको अवस्थामा यिनीहरुको सम्वद्र्धन गर्न आवस्यक रहेको बताएका छन् ।

माक्र्सवाद ज्ञान केन्द्र केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिश्वेश्वर कट्टेलले २ दिने कार्यशालामा अति महत्वपूर्ण विषयवस्तुमा छलफल भएको र यो सिकेका कुराहरुलाई आफनो व्यवहारमा पनि लागु गर्न आग्रह गरे । साथै हाम्र समुदायमा रहेका मूर्त तथा अमूर्त कला संस्कुती सम्पदाहरुको पहिचान गरी दस्तावेजको रपमा निर्माण गरिनु पर्ने माक्र्सवाद ज्ञान केन्द्र केन्द्रिय समिती काठमाण्डौका संयोजक सल्लाहाकार डा. निमानन्द रिजालले बताए ।

सुदूपश्चिम कला संस्कृतीमा निकै धनी भएको र यहाँ पनि बिभिन्न मौलिक परम्परा, रहनसहन सांस्कृतिक सम्पदा रहेको र यिनिहरुलाई दस्तावेज गर्न सके अँझ राम्रो हुने बताए । संस्कृती सदैव सम्वृद्धी ल्याउने खालको हुनुपर्ने, संस्कृती भित्रको विकृतीलाई हटाएर समाजमा असल राम्रा संस्कारको विकास गरी आफनो रहनसहन संस्कृती सम्पदाको प्रवद्र्धनलाई स्थानिय समुदायको जिविकोपार्जनसँग जोडिनु पर्ने बताए ।

आफनो कला संस्कृतीलाई जोगाई राख्यो भने, यस क्षेत्रमा आर्थिक रुपले बलियो हुनेमा आफु विश्वस्त रहेको बताए । पर्यटकिय हिशावले आम्रा कला संस्कृती रितिरिवाज धेरै धनी रहेको र यहाँका प्राकृतिक तथा पुरातात्वीक सम्पदाको उचित संरक्षण गरीनु पर्ने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.