शिबधाम गुरुकुलमका बिद्यार्थीहरुलाई जुत्ता र मोजा सहयोग

महेन्द्रनगर । कञ्चनपुरमा रहेको शिबधाम गुरुकुलमका बिद्यार्थीहरुलाई जुत्ता र मोजा सहयोग गरिएको छ गुरुकुलममा रहेका बटुक (विद्यार्थी ) हरुलाई जुत्ता र मोजा बितरण गरिएको हो । कंचनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आफ्नो व्यक्तीगत तर्फबाट १६ जना बटुकहरुलाई जुत्ता र मोजा बितरण गरिउको बताए । बटुकहरु गुरुकुलम भन्दा बाहिर जानू पर्दा मर्यादित पोशाकमा जानू पर्ने र जस्मा गुरुकुलमको पनि मर्यादा झल्किने हुनाले उनिहरुलाई सहयोग गरिएको उनले बताए ।

बटुकहरुलाई राम्ररी पढन एब राम्रो संस्कार सिकेर संस्कारित हुन समेत प्रमुख जिल्ला अधिकारी अर्यालले सुझाव दिनु भयो । उक्त अवसरमा गुरुकुलमका प्राचार्य हरिकृष्ण ओझा लगायत कर्मचारी को समेत उपस्थिति रहेको थियो । हाल उक्त गुरुकुलममा १६ जना बटुकहरु अध्ययनरत छन् ।

संस्कृत का साथै अङ्ग्रेजी र गणित बिषयमा समेत अध्ययन भई रहेको छ । यस किसिमको पढाईले संस्कार , संस्कृति जोगिने र समाजमा सकारात्मक प्रभाव पर्ने कुरा प्राचार्य हरिकृष्ण ओझाले बताए ।

सम्बन्धित

Comments are closed.