भीमदत्त नगरपालिका १८ द्धारा ७ दिने चुरापोते बनाउने तालिम सम्पन्न

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्वर १८ ले ७ दिने चुरापोते बनाउने तालिम सम्पन्न गरेको छ । वडाको हलमा एक कार्यक्रमको आयोजना गर्दै विपन्न एकल महिला हरु लाई बैशाख ६ गते संचालनमा आएको तालिम बिहिवार बिविध कार्यक्रम गर्दे सम्पन्न भएको हो । वडामा रहेका २० जना विपन्न एकल महिलाहरुलाई ७ दिनसम्म तालिमको आयोजना गरिएको थियो ।

वडाले दिएको यो सिप मुलक तालिमले गर्दा आफुहरुले बिभिन्न सिप सिक्ने अवसर पाएको तालिममा सहभागी जनाएका सहभागिले बताएका छन् । वडाले यो मात्रै नभएर अन्य तालिमहरु प्रदान गरी विपन्न एकल महिलाहरुलाई सक्षम बनाएर आर्थिकरुपमा अगाढी बढाउन पनि सहभागी सरस्वती निरौलाले आग्रह गरिन् । आफुले सिकेको यो सिपलाई आफनो व्यवहारमा लागु गर्ने र तालिम लिएका सबै एकलल महिलाहरुले पनि आफनो व्यवहारमा लागु गर्नुपर्ने बताईन् ।

साथै वडाले तालिम मात्रै दिएर नहुने समय समयमा तालिम लिएका महिलाहरुले के गरिरहेका छन् तालिममा सिकेको सिप व्यवहारमा लगु गरेका छन वा छैनन भनेर अनुगमन गर्न पनि उनले आग्रह गरिन । यस्तै, तालिमका प्रशिक्षक ज्योती केसीले सहभागीहरुले ७ दिन सम्म एकदम मिहिनेतका साथ तालिममा सहभागी भएर सिप सिकेर देखाएको बताईन् । सिकेको सिपलाई निरन्तरता दिन पनि उनले आग्रह गरिन सहभागीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरणको लागि आफुले संचालनमा ल्याएको पसलमा खरिद गर्ने पनिज बताईन् ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यम नारायण गौलीले यहाँ सिकेको सिपलाई हराएर नजावस भनेर सबै सहभागीहरुले आफनो व्यवहारमा पनि लागु गर्नु पर्ने बताए । आज भोली भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गरिएन भने आफुले सिकेको सिप हराउने बिर्सीने जस्ता कुरा हुने भएकाले बजारले माग गरे अनुसारको सामग्रीहरु उत्पादन गरी आफनो आयआर्जनलाई पनि बढाउनु पर्ने बताए ।

बजारमा माग भए अनुसार आफनो सिपलाई पनि निखार्दै लगेर माग अनुसार उत्पादन वृद्धी गरी आर्थिक लाभ लिनु पर्ने बताए । यस्तै वडा सदस्य रुप जैरुले मिहिनेतका साथ सिप सिकेको कुरा यी बनाएका सामग्रीले देखाएको बताईन् । अहिले जुन हिशावले यो सिप सिक्नु भएको यसलाई हराउन नदिन उनले आग्रह गरिन् । यस्तै भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले सहभागीहरुले सक्रियता पूर्वक तालिममा सहभागी जनाएकोमा धन्यवाद व्यक्त गरे, साथै आफुले सिकेको सिपलाई व्यवहारमा लागु गरी स्वमुल्याङकन पनि गर्न आग्रह गरे ।

वडाको आर्थिक खर्च भएको छ साथै मानसिक, समय सबै खर्च भएको छ यो ७ दिन सम्म त्यही भएर आफनो सिपलाई मर्न नदिन सधै घरमा बसेर पनि गर्न सकिने यो कामलाई निरन्तरता दिन आग्रह गरे । वडाले बाटो मात्रै देखाएको त्यही सिपलाई अब व्यवसायिकरण गर्ने जिम्मा स्वयम सहभागीमा निहित भएको भएर सिकेको पिलाई बजारीकरण गर्न सक्यो भने मात्रै तालिमको औचित्य रहने बताए ।

सम्बन्धित

Comments are closed.