डोटीका एक पुरुष कञ्चनपुरबाट बेपत्ता

महेन्द्रनगर । डोटीको आदर्श गाउँपालिका – २ का ३८ बर्षीय भोजराज ओझा बेपत्ता भएका छन । हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ मौरीफाटामा बस्दै आएका ओझा बुधबार देखि बेपत्ता भएका हुन । बिहान ५ बजे अत्तरिया बजारबाट फलफल लिएर आउन्छु भनेर घरबाट निस्किएका उनी हाल सम्म पनि फेला नपरेको उनका भाई दिपक राज ओझले बताएका छन ।

उनले दिउँसो सम्म पनि घर नफर्किएपछि खोजिका लागि प्रहरीमा पनि खबर गरेको बताए । उनको मोबाइल पनि स्वच अफ रहेको उनले बताए ।

सम्बन्धित

Comments are closed.