दोधारा चाँदनी झोलुंगे पुल बन्द गरिने

महेन्द्रनगर । कञ्चनपुरमा रहेको दोधारा चाँदनी झोलुंगे पुल बन्द हुने भएको छ । महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुल तीन घण्टाका लागि बन्द गरिने भएको हो । मर्मतका लागि आज (शुक्रबार) ११ देखि २ बजेसम्म तीन घण्टा पुल बन्द गरिने दोधारा चाँदनी नगरपालिकाले जनाएको छ ।

पुल मर्मतको काम हुने भएकाले तीन घण्टा बन्द हुने दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिए । झोलुङ्गे पुल मर्मतको काम गरिने भएकाले तीन घण्टा पुल भएर आवातजावत बन्द गरिने उनले बताए । उनका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पुल भएर हुने आवातजावतमा रोक लगाइएको छ ।

यस अवधिमा बैकल्पिक बाटोको प्रयोग गरेर पुल मर्मत कार्यमा सघाउन नगरपालिकाले आग्रह गरेको छ । दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल जीर्ण हुँदै गएको छ । बेला बेलामा पुल बन्द गरेर मर्मतको काम हुने गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.