वेदकोट नगरपालिकामा दुना टपरि बनाउने तालिम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकामा महिलाहरू का लागि आत्मनिर्भर आय आर्जन हुने ५ दिने दुना टपरि बनाउने तालिम सम्पन्न भएको छ । बैशाख ११ गतेबाट संचालनमा आएको तालिम शुक्रवार एक कार्यक्रमको आयोजना गरी ५० जना सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्पन्न भएको हो । वैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र वेदकोट नगरपालिकाको सहयोगमा उक्त तालिमको आयोजना गरिएको थियो ।

वेदकोट नगरपालिकाको १० वडामा रहेका दलित, आदिवाशी जनजाती, एकल महिला लगायतका ५० जना महिलाहरुलाई आत्मनिर्भर र आयआर्जन गर्न सकुन भनेर उक्त तालिमको आयोजना गरिएको सहकारीका कोषाध्यक्ष सरस्वती चपाँईले जानकारी दिएकी छन् । कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका कार्य वाहक नगर प्रमुख तुलसी जोशीले यो ५ दिन सम्म सिकेको सिपलाई आफनो व्यवहारमा लागु गरी आर्थिक उपार्जन गर्न आग्रह गर्नु भयो ।

महिलाहरुले आफनै घरको काम सकेर फुर्सदमा पनि आफनो वरपर रहेका पातहरुलाई संकलन गरेरपनि दुना टपरी निर्माण गर्न सकिने र बेच्नको लागि समस्या नभएको उहाँले बताएनु भयो । सहकारीले पनि उत्पादन गरेका दुना टपरी खरिद गर्ने र उत्पादन बढाएर आफु पनि आर्थिक रुपमा सम्पन्न बन्ने यो अवसर रहेको बताउनु भयो । महिलाहरुलाई आर्थीक रुपमा ससश्क्त बनाई उनिहरुलाई सामाजिक तथा अन्य क्षेत्रमा पनि बलियो बनाउनका लागि यो तालिमको आयोजना गरिएको बताइन् ।

यो सिपलाई सिकेर आफनो व्यवहारमा पनि लागु गरी साथै सिपलाई हस्तान्तरण पनि गर्न उनले आग्रह गरिन् । अहिले बजारमा पनि प्लाष्टिकका समानहरुलाई बिश्थापित गर्न र यो हाम्रो परम्परागत संस्कृतीसंग प्रत्यक्ष जोडिएको भएकाले पनि यो ५ दिनमा दुना टपरी बनाउन सक्षम भएर सामग्री तथा सिपलाई जेगर्ना पनि गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको कार्यबाहक नगर प्रमुख जोशकिो भनाई रहेको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी कार्यपालिका सदस्य पार्वती विष्टले कुनै पनि सिप सिकेर मात्रै नहुने उक्त सिपलाई आफनो व्यवहरमा उतारेर निरन्तरता दिईनु पर्ने बताउनु भयो । साथै आगामी दिनहरुमा पनि महिलाहरुको आवस्यक्ता माग अनुरुप कार्यक्रम तथा योजना बनाउनमा आफुले सहयोग गर्ने बताउनु भयो । कार्यक्रमको सभापतीत्व वडा न. ७ का वडा सदस्य शुभास मल्लले दुना टपरी भनेको जन्मदेखी मृत्यु सम्म चाहिने सामग्री भएकाले यो तालिम एकदमै आवस्यक्ता तथा माग अनुरुप नै संचालनमा आएको बताउनु भयो ।

हाम्रो रितीरिवाज संस्कृतीसँग जोडिएको दुना टपरीलाई उत्पादन बढाएर महिलाहरुले आर्थिक पाटोमा जोडन पनि आग्रह गर्नु भयो । कार्यपालिका सदस्य तारादेवी डगौरा को पनि कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको संचालक सहकारीका व्यवस्थापक निर्मला जोशी भट्ट गर्नु भएको थियो । साथै प्रशिक्षकको रुपमा तुलसी अधिकारी रहेकी छन् भने, सहजीकरणमा कार्यपालिका सदस्य कृष्णराम भुल रहेका छन् ।

सम्बन्धित

Comments are closed.