कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रवार दिउँसो एक जनाको मृत्यु भएको हो।

वडा नम्बर १० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए ।

उनको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक शाहीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.