गेटा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको छ: मन्त्री साउँद

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको बताएका छन् । सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने भएकोउनले बताए । यो अस्पताल प्रतिष्ठान मात्र नभई सुदूरपश्चिमको पहिलो चिकित्सा विश्वविद्यालय हुने र प्रदेशमा स्वस्थ्य क्षेत्रमा पनि फडको मार्ने बताए ।

परराष्ट्रमन्त्री बनेपछि आज पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा उनले त्यस्तो बताएका हुन् । साथै उनले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् । विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए ।

विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्ने र विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु नहुने बताए । उनले निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माण लगायतका काममा आफू सक्रिय भएर लागेको बताए । साथै सुदूरपश्चिमको धार्मिक पर्यटनको विकासका लागि एउटा सर्किट निर्माणको गृहकार्य भइरहेको उनको भनाइ थियो ।

मन्त्री साउद गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नं.–२ बाट निर्वाचित भएका थिए । मन्त्री नियुक्त भएपछि गृह जिल्ला आउन लागेका साउदले पहिलो कार्यक्रम पनि आफ्नै निर्वाचन क्षेत्रमा राखेका हुन् । आइतबार बिहान शुक्लाफाँटाको झलारीमा आफ्नो निर्वाचन क्षेत्रका अगुवा कार्यकर्तासँग भेट गर्ने कार्यक्रम छ । अढाई बजे धनगढीमा कैलालीका कांग्रेस कार्यकर्तासँग भेटघाट गरी राजधानी फर्किने छन् ।

साउद ३ बैशाखमा परराष्ट्रमन्त्री नियुक्त भएका थिए । उनी यसअघि २०७० मा सिंचाईमन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री बनेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.