महेन्द्रनगर । कैलालीका एक युवाले आफनो जन्मदिनमा सडकमा रहेका कुकुरहरुलाई खाना खुवाएर आफनो जन्मदिन मनाएका छन् । धनगढी उपमहानगरपालिका १ मा बस्ने युवा स्वस्तिक जैरुले आफनो जन्मदिनमा सडकमा रहेका कुकरहरुलाई खाना खुवाएर जन्म दिन मनाएको बताए ।
सडकमा रहेका जनावहरुलाई सबैले सम्मान, माया, सदभाव प्रकट गर्नुपर्छ भन्दै आफुले जन्मदिनको उपलक्ष्यमा यो कार्य गरेको उनले बताए । होटलमा गएर खर्च गर्नु भन्दा सडकमा रहेका जनावरहरुलाई एक छाक खाना भएपनि सहयोग गर्याे भने त्यो नै सामाजिक कार्य हुने र उनिहरुले पनि केही राहत महसुस गर्ने उनले बताए । यस्तो कार्य गर्न उनले अन्य युवाहरुलाई पनि आग्रह गरेका छन् ।
Comments are closed.