कुटनितिक पहलबाट सिमा विवादलाई मिलाउने प्रयासमा छु : मन्त्री साउँद

महेन्द्रनगर । कञ्चनपुर परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले कञ्चनपुरमा रहेको सिमा विवादको विषयलाई नेपाल सरकारले वार्ता छलफल कुटनितिक पहलको माध्यमबाट छलफल चलाएर विवादको अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् । आईतवार कञ्चनपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले जिल्ला लगायत अन्य क्षेत्रमा देखिएका सिमा विवादलाई उच्च पदस्थ कुटनिति पहलबाट विवादलाई कम गर्ने बताए ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दौरानमा पनि यी समस्यालाई प्राथमिकताको आधारमा राखेर आफुले जानकारी दिएको बताए । अहिले जति पनी समस्याहरु रहेका आफुहरु आन्तरिक गृहकार्यमा छलफल रहेको अवस्था रहेको बताए । सिमानाकामा हुने गरेका समस्याहरु भनेका ठुला समस्या होईनन् व्यक्तिगत हुन यस्ता समस्यालाई राष्ट्रसंग जोडन नमिल्ने यस्ता समस्याहरुलाई सिमामा छलफल गरेर उतै मिलाउनु पर्ने बताए ।

महाकाली सिँचाइ आयोजना अन्तर्गत तेस्रो चरणको मूल नहर निर्माण भएर पनि भारत पानी दिन नमानेको प्रश्नमा महाकाली सिचाईको तेस्रो परियोजना भनेको राष्टिय गौरव भएकाले अहिले योजनामा २८ किलोमिटर सम्पन्न भएको छ र पानीको विषयमा टनकपुर सन्धीमा सुनिश्चित गरिएको बमोजिम अगाढी बढाउनको लागि विशेष पहल गर्ने बताए । साथै प्रधामन्त्री दाहालको भारत भ्रमणको आवस्यक तयारी भईरहेको बताए ।

भारत भ्रमणसंग समबन्धित एजेण्डाहरु माथी छलफल भईरहेको र बिभिन्न मन्त्रालयबाट आएका प्राथमिकताको आधारमा छोटो र छरितो किसिमले सरकारले दुई पक्षिय वार्तामा समेत राख्ने हिशावले अगाढी बढाउने बताए । ति सबै विषयमा रहेका केही विषयमा एमवयू गर्नु पावर ट्रेडसंग सम्बन्धित एजेण्डा, उर्जा, परियोजनासंग रहेका विषय छन भने केही रहेका ट्रेड र ट्रान्जिट संग सम्बन्धित कुराहरु रहेको बताए ।

यि सबै विषयमा आफुहरु विच छलफल भईरहेको र गृहकार्यका लागि आवस्यक समय लाग्ने भएकाले भारतले पनि तिथी मितीको बारेमा छलफल गरेको र निकट भविश्यमा सम्माननिय प्रधानमन्त्री ज्युको भारत भ्रमण हुने बताए । साथै अहिलेको राजनैतिक पार्टीहरुले जनताका हरुको आशा ईच्छा अनुरुप काम गर्नुपर्ने र उनिहरुको मुद्धाहरुलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्ने हुनु पर्ने बताए ।

देशमा भ्रष्टाचार निवारण गर्ने रोजगारी मुलक कार्य गरी उनिहरुलाई गुणस्तरिय शिक्षा रोजगार दिएर सरकारले काम गर्नु पर्ने बताए । साउद ३ बैशाखमा परराष्ट्रमन्त्री नियुक्त भएका थिए । उनी यसअघि २०७० मा सिंचाईमन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री बनेका थिए ।

सम्बन्धित

Comments are closed.