वेदकोट नगरपालिकामा ५ दिने ढकिया बनाउने तालिम सुरु

महेन्द्रनगर । वेदकोट नगरपालिकामा महिलाहरू का लागि आत्मनिर्भर आय आर्जन हुने ५ दिने ढकिया बनाउने तालिम संचालनमा आएको छ । वैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र वेदकोट नगरपालिकाको सहयोगमा संचालनमा आएको ५ दिने तालिम आईतवारदेखी संचालनमा आएको हो ।

वेदकोट नगरपालिकाको १० वडामा रहेका दलित, आदिवाशी जनजाती महिला लगायतका ५० जना महिलाहरुलाई आत्मनिर्भर र आयआर्जन गर्न सकुन भनेर उक्त तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिएकी छन् । विशेष गरेर तराईमा रहेका आदिवासी जनजातीहरुको रितिविाज तथा संस्कृतीसंग जोडिएको यो ढकिया पछिल्लो समय लोप हुँदै गईरहेको भएर यसको जेगर्ना गर्नका लागि पनि यो तालिमको आयोजना गरिएको अध्यक्ष सिंहले जनाकारी दिईन् ।

यो सिप सिकेर आफनो समुदायबाट लोप हुन लागेको यो परम्पराको समानको जेगर्ना गर्नुपर्ने बताईन् । सहभागीहरुले व्यवसायिक रुपमा उत्पादन गरेका सामग्रीको व्यवस्थापन तथा बजारीकरण सहकारी स्वयमले गर्ने र उनिहरुलाई आर्थिक रुपमा सबल बनाउने सहकारीको लक्ष्य रहेको उनले बताईन् । आदिवासी थारु समुदायमा ढकियाको महत्व रहेको र यो बनाउने तालिममा सहभागी हुन पाउँदा खुशी लागेको सहभागीहरुले बताएका छन् ।

साथै यो ५ दिन सम्म मिहिनेतका साथ सिप सिकेर सिकेको सिप अनुसार उत्पादन पनि गर्ने सहभागीहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम वेदकोट नगरपालिकाका कार्यबाहक नगर प्रमुख तुलसी जोशीले यो तालिम दिनुको मुख्य लक्ष्य भनेको महिलाहरुलाई आर्थीक रुपमा ससश्क्त बनाई उनिहरुलाई सामाजिक तथा अन्य क्षेत्रमा पनि बलियो बनाउनका लागि यो तालिमको आयोजना गरिएको बताइन् ।

बिशेष गरेर थारु चौधरी राना समुदायमा आफनो परम्परा रितिरिवाज संस्कृती संग जोडिएको यो ढकियाले कोसेली लग्दा होस अथवा आफना अन्य पर्वहरुमा महत्वपुर्ण भुमिका खेल्ने बताईन् । आफनो अन्य घरायसी काम सकेर घरमै बसेर पनि यो ढकिया बनाउन सकिने र आर्थिक उपार्जन पनि गर्न सकिने भएकाले सहजरुपमा कम लागतमा पनि यो व्यवसायी गरी बढी उत्पादन गर्न मिल्ने भएकाले यो तालिम प्रदान गरिएको कार्यवाहक नगर प्रमुख जोशीले बताईन् ।

यो सिपलाई सिकेर आफनो व्यवहारमा पनि लागु गरी साथै सिपलाई हस्तान्तरण पनि गर्न उनले आग्रह गरिन् । यो हाम्रो परम्परागत सामग्री तथा सिपलाई जेगर्ना पनि गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको र यो तालिमबाट बढी भन्दा बढी लाभ लिन पनि आग्रह गरिन् ।

यो तालिमबाट सिप सिकेर आफनो व्यवहारमा लागु गरी तालिमको पनि औचित्य राखी आर्थिकरुपमा कसरी ससश्क्त बन्न सकिन्छ उक्त कुरामा ध्यान दिन पनि आग्रह गरे । कार्यक्रमको सभापतीत्व कार्यपालिका सदस्य तारादेवी डगौरा रहेकी थिईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.