महाकाली अस्पतालमा सिटीस्क्यान मेसिन ल्याउन पहल गर्छु : काँग्रेस सचेतक लेखक

महेन्द्रनगर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक नेपाली काँग्रेसका नेता एव कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य रमेश लेखकले यस्तै उनले महाकाली प्रादेशिक अस्पतालमा छिट्टै सिटीस्क्यान मेसिन ल्याउन आफु लाग्ने बताए ।

महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पतालमा सिटीस्क्यानको आवश्यकता रहेको र टिट्टै त्यसको व्यवस्थापनमा आफुले प्रक्रिया थाल्ने बताए । महाकाली अस्पतालमा अहिले चिकित्सकको अभाव रहेको हुँदा दुई सय शैयाको अस्पताल बनाउनुका साथै दरबन्दी अनुसार डाक्टर ल्याउन समेत पहल गरिने नेता लेखककको भनाई थियो ।भर्खर मात्र सम्पन्न भएको उपनिर्वाचनको परिणामले मुल धारमा रहेका पुराना राजनीतिक दलहरुलाई सोच्नु पर्ने अवस्था सृजना गरेको बताएका छन् ।

उपचुनावको परिणामले स्थापित पुराना ठूला राजनीतिक दलहरुलाई गम्भिर रुपले सोच्ने स्थिती बनेको र हामीले पनि अत्यन्तै गम्भीर ढंगले यसबारे सुक्ष्म विश्लेषण गरी अगाडि बढ्ने कुरा गरेकामा छलफल भईरहेको उनले बताए । सोमबार नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हाम्रो पार्टीभित्र मात्रै होइन् अन्य दल दलहरुबीच पनि यस बारेमा छलफल भइरहेको बताए ।

जनताले अभिव्यक्त गरेको मतलाई स्वीकार गर्नु पर्ने बताउँदै उनले यसपटकको चुनावमा नयाँ राजनीतिक दल उदाएपछि जनतामा आशाको सञ्चार गरेको समेत बताए । उता, कञ्चनपुरको दोधारा चाँदनीमा तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिने र सुख्खा बन्दरगाह निर्माणको लागि भारतसँग चाँडै एमओयू हुने र भारतले बन्दरगाह सञ्चालनका लागि महाकली पुल जोड्ने जोड्ने सडक निर्माण गरिरहेको बताए ।

चुनावका बेला कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार अन्र्तरगत सुख्खा बन्दरगाहलाई महाकाली कोरिडोरसंगै जोड्ने प्रदेशकै विकास गर्नुपर्ने एजेण्डा कार्यान्वयनमा आएको बताए । कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार अन्र्तरगत सुख्खा बन्दरगाहलाई महाकाली कोरिडोरसंगै जोड्ने प्रदेशकै विकास गर्नुपर्ने एजेण्डा कार्यान्वयनमा आएको बताएका हुन । सुख्खा बन्दरगाहलाई भारतले बनाईदिने सम्झौता भएको र अब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा सो विषय उठान हुने उनले बताए ।

ब्रम्हदेबमा महाकाली कोरिडोरको ट्याक खोल्ने कामसंगै उत्तरमा चीन र दक्षिणमा भारतसंग नाका विस्तारमा सहजता हुने उनको भनाई छ । सडकमा पर्ने रुखदेखि अन्य संरचना हटाउने काम भईरहेको अवस्थामा आईतवार आफैले स्थलगत अनुगमन गरेर समयमै काम अघि बढाउन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको लेखकले बताए ।

यस्तै लेखकले मझगाँउ विमानस्थलको काम समेत अघि बढाउने गरि पहल भईरहेको बताए । निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको दीगो विकास र सम्बृद्धिका लागि राजनीतिक विचार भन्दा माथि उठेर अघि बढ्नुपर्ने बताए ।

सम्बन्धित

Comments are closed.