समाजसेवी मल्लद्धारा २ लाख ७७ हजार बढीको अक्षय कोषको स्थापना

महेन्द्रनगर । डडेल्धुराका समाजसेवी युवा मनका ढुकढुकी डडेल्धुराका दिन दुखी गरिव विपन्न दलित एकल महिला अनाथ वालवालिकाका आँखाका तारा विनय प्रकाश मल्लले आफनो जन्मदिनको उपलक्ष्यमा डडेल्धुराका बिद्यालय र परशुराम धाममा आर्थिक सहयोग र्ने भएका छन् । समाजसेवी मल्लले आफनो जन्मदिनमा तडक भडक नगरी आफनो जन्म भुमिमा रहेका शिक्षाको उज्यालो फैलाई रहेका बिद्यालयमा सहायता अक्षय कोषको स्थापना गर्ने भएका हुन् ।

डडेल्धुरा जिल्लाका ४ वटा विद्यालय र धार्मिक स्थल परशुराम धाम गरि ५ वटा स्थानमा उक्त रकम सहयोग गरिने भएको हो ।  अक्षय कोष स्थापनाका लागि ५५ हजार ५ सय ५५ का दरले जम्मा २ लाख ७७ हजार ७ सय ७५ रुपैयाँ सहयोग गर्ने उनले बताए । जन्मदिनमा कुनै पनि तडक भडक नगरी अनाथ, टुहुरा ,दलीत ,गरिब तथा पिछिडीएको बर्ग आदी विद्यार्थीहरुलाई थोरै भएपनी उनिहरुको शिक्षामा केही सहयोग मिल्छ की भनेर आफुले सहयोग गर्ने बताए ।

साथै डडेल्धुरको परशुराम धाममा थोरै भएपनी नियमित आम्दानी प्राप्त भई पुजापाठ गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिने बताए । उनले श्री बिजयाशैनी मा.बि.नवदुर्गा गाउँपालिका वार्ड नम्वर ५ चामाचौड, श्री उणीकोट मा.बी. आलीताल वार्ड नम्वर २, श्री कैलपाल मा . बी. पनिउट , भागेश्वर गाउँपालिका वार्ड नम्वर १ श्री असिग्राम मा.बी. रोखला गन्यापधुरा गाउँपालिका वार्ड नम्वर १ , डडेल्धुरा परशुराम न.पा.मा स्थित परशुराम धाम गरी सबैलाई ५५ हजार ५ सय ५५ का दरले प्रति विद्यालयलाई अक्षय कोष निमार्ण गरिने उनले बताए ।

मल्लले जिल्लामा विगत ८ वर्षदेखी बिभिन्न क्षेत्रमा साथ र सहयोग गर्दै आएका छन् । जस्ले गदौ आम जनताले अहिले दुखसुखमा पनि मल्ललाई सम्झिने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.