महेन्द्रनगर ।कञ्चनपुरको वेदकोट नगरपालिकामा ७ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । वेदकोट नगरपालिकाको महिला बालबालिका जेष्ठ नागरिक शाखाको आयोजना रहेको तालिम बैशाख १२ गतेदेखी संचालनमा आएको हो । सीप तथा व्यवसायिकता विकास अन्तर्गत बाख्रा पालन तालिमको आयोजना गरिएको तालिमका प्रशिक्षक एवम वेदकोट नगरपालिका पशु शाखा प्रमुख तर्कराज भट्टले जानकारी दिएका छन् ।
१० नम्वर वडाका २० जना महिलाहरुलाई व्यावसायिक रुपमा बाख्रा पालन गर्नका लागि उक्त तालिम दिएको र थप ३ हजार रुपैँया वस्तुगत टेवा रकम भन्दै सहयोग पनि गरिएको उनले बताए । उक्त रकममा केही रकम थप गरेर बाख्रा पालन सुरुवात गर्न सकियोस भनेर उक्त रकम सहयोग गरिएको पशु शाखा प्रमुख भट्टले बताए । पहिले पनि बाख्रा पालन गर्दै आएको भएपनि यो तालिमबाट थप सिप ज्ञानहरु पाएको सहभागीहरुले बताएका छन् ।
बाख्रा पालन गर्ने तरिका चारो रोग लागेपछि उपचार बिधी सबै जानकारी पाएपछि अब थप बाख्रा खरिद गरी व्यावसायिक हिशावले बाख्रा पालन गर्न हौसला मिलेको सहभागीहरुको भनाई रहेको छ । उक्त तालिममा बाख्राहरुलाई लाग्ने रोग त्यसको उपचार, चारा व्यवस्थापन तथा प्रयोग लगायतको विषयमा तालिम प्रदान गरिएको थियो । उक्त तालिमका सभापती एवम वडा नम्वर १० अध्यक्ष रतनबहादुर विष्टले यो तालिममा सिकेको कुराहरुलाई सिपलाई आफनो व्यवहारमा पनि लागु गरी आर्थिक रुपमा अगाढी बढनु पर्ने बताए ।
सानो पूँजीबाट नै व्यापार व्यवसाय संचालन गरी पछि व्यवसायलाई बढाउनु पर्ने बताए । यस्तै, कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले यो आर्थिक सहयोग सानो रकम भएपनि त्यसै रकमबाट पनि आफनो बाख्रा पाल्ने ईच्छालाई अगाढी बढाउन मद्धत पुग्ने बताईन् । सानो सानो रकमले आफनो व्यवसायमा लगानी गर्याे भने पछि गएर उक्त व्यवसाय बढने आत्म निर्भर भई आफनो परिवारलाई पनि आर्थिक सहयोग पुग्ने बताईन् ।
साथै यो तालिमबाट सिकेका सिपलाई आफनो व्यवहारमा प्रयोग गरी सबै महिलाहरु एकिकृत भएर आफनो क्षेत्रमा व्यवसाय संचालन गर्न सके पनि राम्रो आम्दानी हुने कार्यवाहक नगर प्रमुख जोशीको भनाई रहेको थियो । उक्त कार्यक्रमको अतिथीमा कार्यपालिका सदस्य पार्वती विष्ट रहेकी थिईन् ।
Comments are closed.