महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका ४ कार्कीचोकामा बुबाको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । सोमबार राति ३० वर्षीय गणेशबहादुर खड्काले काठको फल्याकले हानेर ७१ वर्षीय धनबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार बुबा(छोराबीच बेला बेलामा झै(झगडा भइरहन्थ्यो । सोमबार राति पनि मदिरा सेवन गरेर बुबालाई काठले हानेर हत्या गरेको पुष्टि भएको उनले बताए ।
Comments are closed.