महिला तथा मानव अधिकारका क्षेत्रमा काम गर्ने महिलाहरु पालिका प्रमुखसंग छलफलमा

महेन्द्रनगर । कञ्चनपुरमा महिला तथा मानव अधिकारका क्षेत्रमा काम गर्नै संस्थाहरुले जिल्लामा रहेका ९ वटै पालिकामा समन्वय गरिरहेका छन् । महिला मानव अधिकार रक्षक संजाल, माईती नेपाल महिला तथा मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संस्थाले पछिल्लो समयम जिल्लामा रहेका नौ वटै पालिकामा समन्वय तथा छलफल गरिरहेका हुन् ।

मंगलवार दोधारा चादनी नगरपालिका, भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, र शुक्लाफाँटा नगरपालिकामा समन्वय तथा छलफल गरिएको महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापाले बताईन् । जिल्लामा महिला मञ्चको निर्माण गर्नका लागि पनि पालिकामा सहयोगका लागि आग्रह गरिएको र महिलाहरुको क्षेत्रमा रहेर बजेट विनियोजन तथा काम गर्न पनि आग्रह गरिएको उनले बताईन् ।

सामाजिक क्षेत्रमा रहेका सबै महिलाहरुको सवाललाई उठान गर्ने,उनिहरुको अधिकारको क्षेत्रमा काम गर्ने, साझा सवाल उठान गर्ने,समस्याको समाधान गरी न्युनिकरणका उपायहरु निकाल्ने थलोको रुपमा महिला मञ्च हुने भएकाले सबैको साथ र सहयोगका लागि भेटघाट गरिएको उनले बताईन् । साथै स्थानिय क्षेत्रमा रहेका समस्याहरु महिलाहरुको संवेदनशिल सवालहरुलाई स्थानियदेखी केन्द्रसम्म आवाज पुगाउनका लागि पनि मञ्चको निर्माण गरिने भएको महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष थापाको भनाई रहेको छ ।

बजेट विनियोजन गर्दा खेरी महिला बालबालिका हरूलाई पनि विशेष ध्यान दिन ईन्सेकका जिल्ला संयोजक लिलि कुवँरले बताईन् । विगतका दिन देखी नै महिलाहरुको लागि आएको लक्षित बजेटहरु अन्यत्र प्रयोग गर्ने तथा बिकासका पूर्वाधार हरूमा मात्रै बढि बजेट खर्च गरिने परिपाटी रहँदै आएको अवस्थामा लक्षित वर्गका बजेट अन्यत्र खर्च गर्न नपाईने उनले बताईन् ।

वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले महिलाको क्षेत्रमा पालिका संवेदनशिल रहेको र महिलाहरुको समस्यामा उनिहरुको हक र अधिकारका लागि शसक्त भएर आफुले साथ र सहयोग दिने बताईन् । आफुले विपन्न, एकल, जनजाती, दलित महिलाहरुको पिडालाई आफनै पिडा भएको महसुस गर्दै उनिहरुलाई साथ र सहयोग गरेको बताईन् । साथै उनिहरुको आवस्यक्तालाई हेरेर उनिहरुको लागी बजेट विनियोजन गरी बिभिन्न तालिम प्रदान गरेर आर्थिकरुपमा शसक्त बनाई रहेको पनि बताईन् ।

साथै आगामी दिनहरुमा महिलाहरुलाई अझ शसक्त पार्न आफु प्रतिबद्ध रहेको वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोशीले जानकारी दिईन् । महिला मानव बेचबिखन तथा ओसारपसारका विरुद्धमा कार्य गर्ने माईती नेपालका जिल्ला संयोजक महेश्वरी भट्टले टुहुरा बालबालीका,महिलाहरु अहिले पनि जोखिममा रहेकाले उनिहरुको सुरक्षामा गैर सरकारी संस्थाको पहल र सहयोगले मात्रै नपुग्ने यस्मा राज्यका तर्फबाट पनि बिशेष पहल, ध्यानाकर्षण आवस्यक रहेको बताईन् ।

सम्बन्धित

Comments are closed.