दार्चुलामा हिमपहिरो यार्सा टिप्न गएका कम्तीमा ८ जना पुरिएको आशंका

महेन्द्रनगर । दार्चुलामा मंगलबार हिमपहिरो गएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका(१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८र९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो।

हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको छ।

यद्यपि हिँडेर नै उक्त स्थानमा पुग्न अन्दाजी ३ घण्‍‍टा लाग्ने उनले बताए। बेपत्ता भएकोहरू पनि पहिचान भइसकेको छैन्।

सम्बन्धित

Comments are closed.