महेन्द्रनगर । कञ्चनपुरमा रहेको दिदिबहिनी समुहले दुर्घटनामा परी घाईते भएकी टुहुरी किशोरीलाई आर्थिक सहयोग गरेको छ । बेदकोट नगरपालिका ७ मुसेपानीकी टुहुरी किशोरी सरिता साउदको उपचारका लागि दिदिबहिनी उद्दार कोषले आर्थिक सहयोग गरेको मानव अधिकार महिला रक्षक संजाल कञ्चनपुरका अध्यक्ष भगवती थापाले जानकारी दिईन् ।
गत बर्ष सरिताकी आमाको धामीझाँग्रीले भारपुक कुटपिट गर्दा मृत्यु भएको थियो । अभिभावक गुमाएकी सरिताको स्कुटीबाट लडेर हात भाँचिएको छ । उनको अहिले महाकाली अस्पतालमा उपचार भईरहेको छ । उनकोे उपचारमा सहयोग पु¥याउने उदेश्यले दिदिबहिनीले आफनो खाजा खर्च जम्मा गरेर बनाएको उद्दार कोषकाट नगद ५ हजार सहयोग गरेको अध्यक्ष थापाले बताईन् ।
बेसाहरा महिला, बालबालिकाको उपचारका खर्च गरिने बताईन । दिदिबहिनी उद्दार कोष कञ्चनपुरका पदाधिकारी सहितका जिल्लाका अगुवा महिलाकै उपस्थितिमा घाईते सरिताको उपचारका लागि नगद सहयोग गरिएको छ । उक्त दिदिबहिनी समुहले विगतका दिनहरुमा बिभिन्न समस्यामा परेका एकल महिला, महिला,बालबालिकाहरुलाई यसरी नै सहयोग गर्दै आएको छ ।
आफनो जन्मदिनमा तडकभडक गरेर खर्च गरेर जन्मदिन मनाउन तथा यस्तै अन्य कुराहरुमा खर्च गर्नु भन्दा यसरी समुदायमा रहेका सहयोगको आशामा बसेका सहयोगको आवस्यक्ता रहेकाहरुलाई सहयोग गरी उनिहरुको समस्यमा सानो भएपनि मल्हम लगाउनु पर्ने अध्यक्ष थापाले बताईन् ।