शुक्लाफाँटामा प्रधानाध्यापकको कुटाईबाट बालिका घाइते

महेन्द्रनगर। कञ्चनपुरमा शिक्षककको कुटाईबाट एक बालिका घाईते भएकी छिन् । शुक्लाफाँटा नगरपालिकामा एक प्रधानाध्यापकको कुटाईबाट एक जना बालिका घाइते भएकी हुन्। शुक्लाफाँटा–३ स्थित जनज्योती आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता चौधरीले कक्षा २ मा अध्ययनरत बालिकामाथि कुटपिट गरेकी हुन्। प्रधानाध्यापक चौधरीको कुटपिटबाट ८ वर्षीय बालिका आशा चौधरीको हातमा चोट लागेको बालिकाकी आमा रेखा चौधरीले बताइन्।

‘सरसफाई नगरेको भन्दै प्रधानाध्यापकले बालबालिकामाथि कुटपिट गरेका छन्,’ उनले भनिन्, ‘छोरीको दुबै हातमा घाउँ भनेको छ। रगत बगिरहेको छ।’ कक्षा २ मा अध्ययनरत २० जना बालबालिकालाई प्रधानाध्यापकले कुटपिट गरेको स्थानीय प्रकाश चाधरीले बताए। ‘कक्षा दुईमा अध्ययनरत सबै बालबालिकाहरु लट्ठिले हाटमा हानेको रहेछ,’ उनले भने, ‘बालबालिकाहरु डराएका छन्, भोलीदेखि विद्यालयनै जादैनौं भन्दैछन्।’ प्रधानाध्यापक सरितामाथि बिहीबार प्रहरीमा उजुरी दिने स्थानीयको तयारी छ।

अनजानमा विद्यार्थीलाई चोटपटक लागेको प्रधानाध्यापक सरिताले बताइन्। ‘पहिलो प्रियडमा सबै बालबालिकाहरु हल्ला गरिरहेका थिए, दैनिक सरसफाई गर्ने रुटिन थियो,’ उनले भनिन्, ‘बालबालिकालाई सामान्य तरिकाले हानेको हो, डराउन मात्रै हानेको थिएन्, ती बालिकामाथि चोट लागेछ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.