वेदकोट नगरपालिकामा ५ दिने ढकिया बनाउने तालिम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकामा महिलाहरू का लागि आत्मनिर्भर आय आर्जन हुने ५ दिने ढकिया बनाउने तालिम सम्पन्न भएको छ । वैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र वेदकोट नगरपालिकाको सहयोगमा संचालनमा आएको ५ दिने तालिम बैशाख १७ गते आईतवारदेखी संचालनमा आएको हो ।

वेदकोट नगरपालिकाको १० वडामा रहेका दलित, आदिवाशी जनजाती महिला लगायतका ५० जना महिलाहरुलाई आत्मनिर्भर र आयआर्जन गर्न सकुन भनेर उक्त तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिएकी छन् । विशेष गरेर तराईमा रहेका आदिवासी जनजातीहरुको रितिविाज तथा संस्कृतीसंग जोडिएको यो ढकिया पछिल्लो समय लोप हुँदै गईरहेको भएर यसको जेगर्ना गर्नका लागि पनि यो तालिमको आयोजना गरिएको अध्यक्ष सिंहले जानकारी दिईन् ।

यो सिप सिकेर आफनो समुदायबाट लोप हुन लागेको यो परम्पराको समानको जेगर्ना गर्नुपर्ने बताईन् । सहभागीहरुले व्यवसायिक रुपमा उत्पादन गरेका सामग्रीको व्यवस्थापन तथा बजारीकरण सहकारी स्वयमले गर्ने र उनिहरुलाई आर्थिक रुपमा सबल बनाउने सहकारीको लक्ष्य रहेको उनले बताईन् । आदिवासी थारु चौधरी, डगौरा राना समुदायमा ढकियाको महत्व रहेको र यो बनाउने तालिममा सहभागी हुन पाउँदा खुशी लागेको सहभागीहरुले बताएका छन् । साथै यो ५ दिन सम्म मिहिनेतका साथ सिप सिकेको र सिप अनुसार उत्पादन पनि गर्ने सहभागीहरुले बताएका छन् ।

कार्यक्रमको सभापतीत्व एवम कार्यपालिका सदस्य तारादेवी डगौराले जनजाती समुदायको प्रमुख धार्मीक पर्व विवाह तथा अन्य शुभ कार्यमा ढकियाको आफनै महत्व रहेको हुँदा यो तालिमबाट अँझै यसको जेगर्ना हुने र परम्परागत हिशावले महत्व बढने बताईन् । यस्तै प्रशिक्षक शिवरानी रानाले आफु भित्र भएको सिप कला सबै सहभागीहरुलाई दिएको बताईन् । अब सहभागीहरुले कतिको सिकाई गर्नु भएको छ त्यो भविश्यले व्यवहारमा लागु गरेपछि थाहा हुने बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम वेदकोट नगरपालिकाका उपप्रमुख  तुलसी जोशीले यो तालिमबाट सिकेको सिपलाई आफनो व्यवहारमा लागु गरेर लोप हुन लागेको कला संस्कृतीमा चाहिने ढकियालाई प्रवद्र्धन गर्न आग्रह गरे । तालिमबाट हासिल गरेको आफनो लक्ष्य उदेस्य अनुरुप व्यवहारमा पनि लागु गरी आफनो पहिचान आफनो संस्कृतिको पहिचानलाई देशैभरमा देखाउन सक्नु पर्ने बताईन् । अहिले सम्म पालिकाले दिएको तालिमबाट महिलाहरुलाई आर्थीक रुपमा ससश्क्त बनाई उनिहरुलाई सामाजिक तथा अन्य क्षेत्रमा पनि बलियो बनाउनका लागि तालिमहरुको आयोजना गरिएको वेदकोट नगरपालिकाका उपप्रमुख जोशीले बताइन् ।

बिशेष गरेर थारु चौधरी राना समुदायमा आफनो परम्परा रितिरिवाज संस्कृती संग जोडिएको यो ढकियाले कोसेली लग्दा होस अथवा आफना अन्य पर्वहरुमा पनि यसको बेग्लै महत्वपुर्ण भुमिका रहेको हुँदा यो ढकिया बनाउने सिप प्रदान गरेको बताईन् । आफनो अन्य घरायसी काम सकेर घरमै बसेर पनि यो ढकिया बनाउन सकिने र आर्थिक उपार्जन पनि गर्न सकिने भएकाले सहजरुपमा कम लागतमा पनि यो व्यवसायी गरी बढी उत्पादन गर्न मिल्ने भएकाले यो तालिम प्रदान गरिएको उपप्रमुख जोशीले बताईन् ।

यो सिपलाई सिकेर आफनो व्यवहारमा पनि लागु गरी साथै सिपलाई हस्तान्तरण पनि गर्न उनले आग्रह गरिन् । यो हाम्रो परम्परागत सामग्री तथा सिपलाई जेगर्ना पनि गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.