कञ्चनपुरमा रूखको हाँगा खसेर एक जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरका रुखको हाँगा खसेर टाउकोमा लाग्दा एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो ।

उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा अनुसन्धान भईरहेको उनले बताए । ।

अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था नरहेको र प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनले बताए । शव महाकाली अस्पतालमा राखिएको छ ।

सम्बन्धित

Comments are closed.