कञ्चनपुरको महेन्द्रनगर स्थित शिबधाम क्षेत्रमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ शनिबार देखि संचालन भएको छ । शिबधाम गुरुकुलम आधारभुत बिद्यालयले यज्ञको आयोजना गरेको हो । यज्ञ लगाउनुको मुख्य उद्देश्य धर्म संस्कृति जोगाउन ज्ञान प्रसार एवम गुरुकुलमको उन्नती प्रगतीमा सहयोग हुने गुरुकुलमका प्राचार्य हरिकृष्ण ओझाले बताउनु भएको छ ।
उक्त यज्ञको शनिबार महेन्द्रनगर बजारमा कलश यात्रा गरिएको छ । कलश यात्रामा गुरुकुलमका बटुक, राधाकृष्ण मन्दिरका साधक, गायत्री परिवारका साधक, र विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको अध्यक्षता हेमबिक्रम थापा, प्रमुख आतिथ्य प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले गर्नु भएको थियो भने, यज्ञको संयोजन सुशील पान्डेयले गर्नु भएको छ ।
यज्ञमा कञ्चनपुर जिल्लाको शिक्षा समन्वय ईकाई प्रमुख हरि प्रसाद जोशीको पनि उपस्थिति रहेको थियो ।
Comments are closed.