बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष थापाको निधन,आईतवार शोक विदा

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको आइतबार बिहान निधन भएको छ । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका ७२ वर्षीय थापाको बेलडाँडीस्थित आफ्नै निवासमा निधन भएको हो । एमालेका बेलडाँडी गाउँपालिका इन्चार्ज अक्कल विष्टका अनुसार नेपालगञ्जबाट फोक्सोको क्यान्सरको उपचार गरी थापा दुई दिन अघि मात्रै घर फर्केका थिए ।

आईतवार बिहान ७ बजेतिर हातमुख धुन हेन्डपम्पमा गएका बेला बोमिट भएर त्यहीँ ढलेका थिए । आइतवार विहान असामायिक निधन प्रति पालिका कार्यालयले आजै शोक विदा दिने निर्णय गरेको छ । पालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको हो । बेलडाँडी गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष श्री धन बहादुर थापा क्षेत्रीको मिति २०८०÷०१÷२४ गते असामायिक निधन भएको हुँदा सिंगो बेलडाँडी गाउँपालिका मर्माहत र स्तब्ध भएको छ ।

२०४८ सालदेखि एमालेमा आवद्ध थापा ०५४ सालमा पहिलो पटक तत्कालिन बेलडाँडी गाउँ विकास समितिको अध्यक्ष भएका थिए । ०७४ सालको पहिलो स्थानीय तह चुनावमा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका थिए । ‘उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ,’ इन्चार्ज विष्टले भने, ‘इमान्दार र बैचारिक रुपमा निक्कै प्रतिवद्ध अभिभावकलाई गुमाउनु पर्दा एमाले पंक्ति शोकमा छ।’ थापाका दुई छोरा र श्रीमती छन् ।

सम्बन्धित

Comments are closed.