महेन्द्रनगर । वेदकोट नगरपालिकामा कपिलवस्तुको संवाद समूहका पदाधिकारीहरुले भेटघाट गरेका छन् । पालिकामा कपिलवस्तुको संवाद समूहका सहजकर्ता सहित अन्य पदाधिकारीहरुले भेटघाट तथा छलफल गरेका हुन् । आईतवार वेदकोट नगरपालिकामा उक्त समुहले नगर प्रमुख भोजराज बोहरा, नगर उपप्रमुख तुलसी जोशीसंग भेटघाट गरी जिल्लाको वस्तुस्थीतीको जानकारी तथा पालिकामा भईरहेका बिभिन्न समस्याहरु र उक्त समस्याहरुको समाधानको विषयमा चासो राखेका थिए ।
साथै कपिलवस्तुको संवाद समूहले पनि आफनो जिल्लाको गतिबिधीहरुको बारेमा छलफल गरेका थिए भने, वेदकोट नगरपालिकाका उपप्रमुख जोशीले पालिकामा भएका बिभिन्न सवालहरु,समस्याहरुका विषयमा प्रस्टाउनु भएको थियो । साथै नगर प्रमुख बोहराले पालिकाले गरिरहेको सामाजिक कार्य, विकास निर्माणका विषय, अनुभवहरु आदानप्रदान गर्नु भएको थियो । साथै हुलाकी राजमार्गको विषयमा जानकारी दिँदै कपिलवस्तुका जनताहरुलाई पश्चिमी सिमानाका हुँदै दिल्ली जान पनि सहज हुने बताउनु भयो ।
साथै उनिहरुलाई स्वागत गर्दै कपिलवस्तुबाट सुदूरपश्चिममा रहेको वेदकोट नगरपालिकामा आउनु भएकोमा नगर प्रमुख बोहराले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । कपिलवस्तु संवाद समूहका सहजकर्ता तुलसीराम यादवले आफुहरुलाई पालिकाले गरेको स्वागतको उनले प्रशंसा गरेका छन् साथै कञ्चनपुर जिल्लामा रहेका विभिन्न सवालहरुको जानकारी पाएको र यसको समाधानका उपायहरु पनि छलफल गरिएको उनले बताए । साथै भारत नजिक रहेको सिमानाका तथा त्यसमा हुँदै आएका समस्याको बारेमा पनि आफुहरुले जानकारी पाएको उनले बताए ।
सनसाईन समाज विकास संस्थाले उक्त समुहलाई भ्रमणको लागि सहजता गरिदिएको संस्थाका अध्यक्ष शिवलाल यादवले बताउनु भयो । सनसाईन समाज विकास संस्थाले सामुदायिक रेडियो, सामुदायिक विधालयहरु संचालन गरेको र समुदायमा रहेका बिभिन्न सवालहरुमा स्थानिय भाषामा छलफल तथा समाधानको उपाय निकाल्ने गरेको बताउनु भयो ।
कञ्चनपुरका संवाद समुहका सहजकर्ता गगन खत्रीले उक्त समुहलाई जिल्लामा रहेका बिभिन्न पर्यटकिय क्षेत्र, धार्मीक स्थल तथा जिल्लामा रहेको बिभिन्न सवालहरुको विषयमा जानकारी प्रदान को साथै भ्रमण पनि गराउनु भएको थियो ।
Comments are closed.