कञ्चनपुरमा दुई लाख बढीको अबैध समान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा दुई लाख बढीको अबैध समान बरामद गरिएको छ । सुकासालबाट अवैध रुपमा भन्सार छलेर भारतबाट ल्याएका सामान बरामत गरिएको हो । सोमवार दिउँसो १२ बजे भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको कञ्चनपुरको भिमदत्त नगरपालिका—५ सुकासालबाट अन्दाजी २ लाख ६९ हजार ३ सय पचास रुपैँया बराबरको अबैध समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दाल, मिश्री, चिनी, तरकारी राख्ने टोकरी, १ थान स्कुटर र २ थान साइकल गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समानसहित ५ जनालाई आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.