महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले लैङ्गिक तथा यौन जन्य दुव्र्यवहार निवारण आचार संहिता २०८० प्रतिबद्धता सार्वजनिक गरेको छ । नगरपालिकाले लैङ्गिक तथा जातीय विभेदपूर्ण शब्द तथा व्यवहार गर्ने छैनौँ साथै अस्वाभाविक व्यवहार तथा अरूलाई मन नपर्ने शब्द प्रयोग गर्ने छैनौँ देखि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ अन्तर्गत तयार गरेको आचार संहिता २०७९ पालना गर्ने प्रतिबद्धता नगरपालिकाले गरेको छ ।
१२ बुद्धे प्रतिविद्धतामा नगरका जनप्रतिनिधि र कर्मचारीले हस्ताक्षर समेत गरेका छन् । नगर प्रमुख भोजराज बोहराले अहिले पनि हाम्रो समुदायमा बिभिन्न किसिमका विभेद तथा लैङ्गिक हिंशाहरु अहिले पनि कायमै रहेको अवस्थामा पालिकाले यी र यस्तै बिभिन्न विभेदका विरुद्धमा जनचेतनाका लागि आफुहरुबाटै सुरुवात गरिएको बताए ।
पालिकाका उपप्रमुख तुलसी जोशीले समुदायमा रहेका विकृती विसंगतीहरुलाई हटाउनका लागी र समाजमा केही सन्देश दिनका लागी पनि पालिकाले आफनो कार्यालयमा समुदायमा कहीकतै पनि लैङ्गिक तथा यौनजन्य दुव्र्यवहार, जातिय विभेदपूर्ण शब्द तथा व्यवहार गर्नै छैनौ भन्दै आचार संहिता २०८० मा प्रतिबद्धता गरेको बताईन् । साथै अस्वभाविक व्यवहार तथा अरुलाई मन नपर्ने शब्दको प्रयोग नगर्ने लगायतका बिभिन्न १२ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ ।
Comments are closed.