बझाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

महेन्द्रनगर । बझाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते भएका महरको उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

जिल्लाको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्स र मोटरसाइकलको ठक्कर लागेको थियो ।

देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । स्थानीयले सडक बन्द गरेका छन् ।

सम्बन्धित

Comments are closed.