महेन्द्रनगर । डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको ज्यान गएको छ । परशुराम नगरपालिका– ८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए । केही दिनअघि बिरामी परेकी उनलाई मंगलवार नै जोगबुढा अस्पताल पुगाइएको थियो ।
धामीको झाडापखालाका कारण ज्यान गएको र संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको उनले बताए । जोगबुढा अस्पतालले थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको थियो । यस्तै सोही गाउँका अन्य ३ जना बिरामी समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन् ।
संगितासहित एकै परिवारका ५ जनालाई मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो । यसैबीच मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै बिरोध गरिरहेका छन् ।
गुप्तेगडामा झाडापाखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले जानकारी दिए । उक्त क्षेत्रमा हैजा फैलिएको आशंकामा स्वास्थ कार्यालय डडेल्धुराबाट समेत टिम खटाइएको छ ।
Comments are closed.