महेन्द्रनगर । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सचालन भएको आँखा शिबिरबाट १ सय ९० जनाको आँखाको ज्योती फर्काइएको छ । ज्योती फर्काइएका मध्य ९७ जना जगन्नाथ गाउँपालिका मात्रै रहेका छन । जगन्नाथ गाउँपालिकाका ९७ जनाको निशुल्क अप्रेशन गरिनुका साथै गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र कोल्टीबाट घर सम्म यातायातको व्यवस्था गरिएको जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताए ।
अप्रेशनका लागि सिफारिस गरिएका ९१ जना र थप ६ जना गरी ९७ जनाको कोल्टीमा प्राथमिक स्वास्थ्य चौकी कोल्टिमा अप्रेशन गरिएको अध्यक्ष शाहीले बताए ।जगन्नाथ गाउँपालिकाको आयोजना तथा गेटा आँखा अस्पताल धनगढी,कैलालीको समन्वयमा जगन्नाथ गाउँपालिकामा बैशाख १४ देखि १६ गते सम्म बिरामीहरुको सहजताका लागि जगन्नाथ स्वास्थ्य चौकी लुमा, हुनीमहती स्वास्थ्य चौकी, महती र सामुदायीक स्वास्थ्य इकाई डाडाँखर्कमा संचालन भएको शिविरमा ७ सय ५० जनाको आँखाको चेकजाँच, औषधी उपचार, परामर्श र ६ सय २५ जनाले चस्मा प्राप्त गरेको जगन्नाथ गाउँपालिकाले जनाएको छ।
कुण्डा क्षेत्रका चार वटा पालिका संगै छिमेकी जिल्ला हुम्ला, मगु र कालीकोटका सेवाग्राहिलाई लक्षित गर्दै सञ्चालन भएको शिविरमा वालवालिका देखि जेष्ठ नागरीक सम्मका स्थानियले सेवा पाएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । काल्टीमा सञ्चालन हुने थोरै लगानि र छोटो समयको शिविरबाट नागरीकले सोचे अनुसारको सेवा लिन नसकेको अवस्थामा यस पटक आयोजना भएको शिविरबाट नागरीकले आफुले चाहे जति सेवा लिएको बुढिनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताएका छन ।
Comments are closed.