महेन्द्रनगर । नेकपा ९एकीकृत समाजवादी ० कञ्चनपुर निकटका मोर्चा संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डका विरुद्धमा विहिवार नेकपा एकीकृत समाजवादी निकटका मोर्चा संगठनहरुद्वारा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीको कार्यालय सिहदरबार काठमाडौं ,नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथी सरकारले कारवाही प्रक्रिया अगाढी बढाए पनि उक्त काण्डमा संलग्न भ्रष्ट तथा राष्ट्र द्रोहीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने भन्दै ज्ञापन पत्र बुझाईएको अनेरास्वियु जिल्ला अध्यक्ष प्रज्वल कुँवरले जानकारी दिएका छन् ।
सरकारको यस कार्यको नेकपा एकिकृत समाजवादी कञ्चनपुरमा रहेका कृयाशिल जनसंगठनहरुको पूर्ण सर्मथन र सहयोग रहने विषय सम्माननिय प्रधानमन्त्री ज्यूलाई अवगत एवम विस्वास दिलाउन चाहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Comments are closed.