वासुदेव हत्या प्रकरणका अभियुक्त बिष्ट पुर्पक्षका लागि कारागार चलान

महेन्द्रनगर । बैतडीको दोगडाकेदार गाउँपालिका ८ सैनीका ३८ बर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ दोगडाकेदार ८ का मानबहादुर बिष्टलाई कारागार चलान गरिएको छ । प्रहरीले आफ्नो अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरिएका बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको एकल इजलासले बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै सोही घटना पक्राउ परेकी धनमती भण्डारीलाई भने साधारण तारेख छोडेको छ ।

अदालतको आदेश अनुसार भण्डारीलाई साधारण तारेखमा छोडिएको प्रहरी निरीक्षक जोशीले बताए । वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो ।

त्यसको भोलिपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।अभियुक्तहरुमाथि जिल्ला अदालतबाट तीन पटक म्याद थपेर प्रहरीले सो घटनाको अनुसन्धान गरेको थियो ।

सम्बन्धित

Comments are closed.